ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

चतराधाममा चैत्र २७ गते देखि पूर्ण महाकुम्भ मेला

गणेश कुमार यादव by गणेश कुमार यादव
December 19, 2023
in मुख्य समाचार
0
चतराधाममा चैत्र २७ गते देखि पूर्ण महाकुम्भ मेला
43
SHARES
Share on FacebookShare on Twitter

पुस ३ गते,वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव तयारीको विषयमा नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार बालशन्त मोहन शरण देवाचार्य बिच छलफल भएको छ ।

चैत्र-२७ गते चैत्र शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षय तृतीया सम्म १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेला स्थलमा भौतिक संरचना, विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा, प्रचारप्रसार, सरसफाइ, खानेपानी लगायत प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि सहजीकरण गर्ने विषयमा आज आइतबार बिहान छलफल भएको हो ।

जगदगुरु पीठ चतराधाममा भएको छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल, वडा नं १ का अध्यक्ष किसन मगर, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिना, सशस्त्र प्रहरी वेश क्याम्प चतरा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोले, नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर राजु भट्टराई, इन्जिनियर नवीन खनाल, राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठानका महा-सचिव प्रह्लाद भट्टराई, सचिव उद्धव प्रसाद घिमिरे, स्थानिय समाजसेवी चन्द्र मगर, ज्ञानबहादुर पाण्डे लगायतको समेत उपस्थिति रहेको थियो ।

पूर्ण महाकुम्भ मेला महोत्सवलाई भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि आग्रह गर्ने बताए । पण्डाल निर्माण, भान्सा घर निर्माण, सरसफाइ, प्रचारप्रसार, निमन्त्रणाको कामलाई तीव्र बनाइने कार्कीले बताए ।

कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगदगुरु वालसन्त मोहन शरण बताउँछन् । अमृतको तर नै भेटिएको पिण्डेश्वर स्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ। भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको शास्त्रमा उल्लेख छ ।

नेपालमा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र ६ गते देखि वैशाख शुक्ल तृतीया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो । जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।

चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ चतराधाम कुम्भ नगरीको रूपमा परिचित छ । नेपालको एक मात्र कुम्भ स्थलको रूपमा रहेको चतराधाममा ४ पटक कुम्भ मेला सम्पन्न भइसकेका छन् । भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्ड स्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन् ।

Previous Post

यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

Next Post

मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ

Next Post
मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ

मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1538 shares
    Share 615 Tweet 385
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist