ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामै दुई सय बढीको मोतिविन्दुको शल्यक्रिया

गणेश कुमार यादव by गणेश कुमार यादव
January 25, 2025
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामै दुई सय बढीको मोतिविन्दुको शल्यक्रिया
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जिल्ला अस्पताल सुनसरी इनरुवामा वृहत आँखा शिविरको आयोजना गरिएको छ ।
इनरुवा नगरपालिकाको कार्यालय र इनरुवा अस्पतालको समन्वयमा ईनर ह्रवील क्लब अफ पाटनले आइतबार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको हो ।
माट्रिका आँखा केन्द्र पुरानो बानेश्वरको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरमा ३ सय बढीले आँखा जाँच गराएको आयोजकले जनाएको छ ।
शिविरमा आँखा जाँच गराएका बिरामी मध्येबाट मोतिविन्दु भएकाहरुको इनरुवामै निःशुल्क शल्यक्रियाको समेत बन्दोवस्ती मिलाइएको छ ।
आयोजक ईनर ह्रवीलकी अध्यक्ष बिजयलक्ष्मी शाक्यले शिविरमा बढीभन्दा बढी बिरामीको आँखा जाँच गर्ने लक्ष्य रहेको बताइन् ।
सामाजिक क्षेत्रमा काय गर्दै आएको ईनर ह्रवील क्लबलाई काठमाडौं बाहिर लगेर समेत दुरदराजमा सेवा प्रदान गर्ने उद्देश्यका साथ इनरुवामा आँखा जाँच तथा शल्यक्रिया शिविरको आयोजना गरिएको शाक्यले बताइन ।
संस्था अध्यक्ष शाक्यले इनरुवा नगरपालिका सँगको समन्वयमा आयोजना गरिएको आँखा शिविरबाट कम्तिमा समेत दुई समेत मोतिविन्दुका बिरामीले लाभ उठाउने बताइन् । शाक्यले मोतिविन्दुका बिरामीको शल्यक्रियाकालागि इनरुवाकै कोशी आँखा अस्पताल प्रा.लि.मा बन्दोवस्ती मिलाइएको बताइन ।
आयोजकका अनुसार २ सय बढी बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा मोतिविन्दु भेटिएका बाँकी बिरामीको हकमा सोमबार समेत शल्यक्रिया गरिने छ ।
शिविरलाई संयोजन गरेको इनरुवा नगरपालिकाले दशवटै वडावासीलाई लक्षित गरी आँखा जाँचको व्यवस्था मिलाइएको जनाएको छ । नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष सुमन थापाले ईनर ह्रवील क्लब सँग प्याकेजमा भएको सहमति बमोजिम पहिलो चरणको आँखा जाँच शिविरको आयोजना गरिएको जनाए ।
थापाले बढीभन्दा बढी नगरवासीले सेवा लिउन भन्ने उद्येश्य साथ शिविरमा नगरपालिकाले सहयोग गरेको बताए । उनले आयोजक ईनर ह्रवील र नगरपालिका बिच एक वर्ष सम्म नगरभित्र विभिन्न सामाजिक कार्य गर्ने र गराउने गरी सहमति बनेको समेत बताए ।
थापाले शिविर लगायतका सामाजिक कार्यमा कोही कुनै संस्था आएर सहयोग गर्न इच्छुक भएमा नगरवासीको हीतलाई मध्यनजर गरी समन्वय र सहकार्य गर्न तयार रहेको समेत बताए ।

Tags: इनरुवामै दुई सय बढीको मोतिविन्दुको शल्यक्रियामोतिविन्दुको शल्यक्रिया
Previous Post

इनरुवा अस्पतालमा वृहत आँखा शिविर हुँदै

Next Post

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

Next Post
सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1546 shares
    Share 618 Tweet 387
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist