ADVERTISEMENT
Thursday, December 11, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै

अभियान माघको २२ गतेबाट फागुन २ गते सम्म चल्ने

गणेश कुमार यादव by गणेश कुमार यादव
January 27, 2025
in मुख्य समाचार
0
सुनसरीका ४८ हजार बढी बालिकालाई एचपिभी खोप लगाइदै
49
SHARES
Share on FacebookShare on Twitter

माघ १४ गते इनरुवा । सुनसरीका ४८ हजार बढी बालिकाहरुमा पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप लगाउन लागिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाए अनुसार जिल्लाभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका बालिकाहरुमा एचपिभी खोप लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसारसुनसरीमा माघको २२ गतेबाट फागुन २ गते सम्म एचपिभी खोप कार्यक्रम संचालनमा ल्याउन लागिएको छ । खोप अभियानमा सुनसरीका ४८ हजार ८ सय ५६ जना बालिकालाई समेटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
इनरुवामा सरोकारवालाहरुको उपस्थितिका बिच अभियान बारे जानकारी गराएको स्वास्थ्य कार्यालयले खोपका लागि सबै विद्यालयमा पुग्ने गरी स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको जनाएको छ ।
विद्यालयको पहुँच भन्दा बाहिर रहेका उमेर समूह भित्र पर्ने बालिकाहरुको हकमा भने अभियानको अन्तिम दिन फागुन २ गते शिविर खडा गरी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
एचभिपी खोप महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको भएकाले सबै १० देखि १४ वर्ष उमेर भित्रका बालिकाहरुको लागि अनिवार्य रहेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईले बताए । प्रसाईले निर्धक्कसाथ खोप लगाउन आग्रह समेत गरे ।
खोप अभियानलाई सुनसरीमा सतप्रतिशत पुर्याउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ । कार्यालयले अभियानमा साथ र सहयोगका लागि सबै सरोकारवाला समक्ष आग्रह समेत गरेको छ ।
खोप अभियानबारे जानकारी दिन इनरुवामा आयोजित कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहित सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

Previous Post

इनरुवामै दुई सय बढीको मोतिविन्दुको शल्यक्रिया

Next Post

एस.ई.ई. परीक्षा-२०८१ लक्षित विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Next Post
एस.ई.ई. परीक्षा-२०८१ लक्षित विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

एस.ई.ई. परीक्षा-२०८१ लक्षित विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist