ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सप्तरीमा अर्थमन्त्री साह पुनःप्रदेशसभामा आउनुपर्ने चर्चा

गणेश कुमार यादव by गणेश कुमार यादव
November 1, 2022
in समाचार
0
सप्तरीमा अर्थमन्त्री साह पुनःप्रदेशसभामा आउनुपर्ने चर्चा
52
SHARES
Share on FacebookShare on Twitter

कार्तिक १५ गते,राजविराज। यहि मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । याे सँगै राजनीतिक दलका उम्मेदवारहरुले मतदाता रिझाउन चुनावी सक्रियता बढाएका छ्न्।

आफ्नो निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम जस्तैः घरदैलो,भेटघाट र मतदाता रिझाउन उम्मेदवारहरुले सक्रियता बढाएका हुन्।उनीहरुले परिणाम आफ्नो पक्षमा ल्याउने हरसम्भव कोशिस गरिरहेका छन्।

यतिबेला सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (क)प्रदेशसभा सदस्य पदको उम्मेदवार तथा मधेस प्रदेश सरकारको अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहलाई पुनः प्रदेशसभा पठाउनुपर्ने चर्चा शुरु भएको छ। मतदाताहरुले मधेस प्रदेशको पहिचानको मुद्दामा,बिकासका सवालमा र समृद्धिका लागी साहले चालेको पाइला महत्त्वपूर्ण रहेको बताउँछन् । त्यस कारण उनिहरुले मधेस प्रदेशको नेतृत्व गर्न पुनः साहलाई ल्याउनुपर्ने बताउँछ्न्।

आसन्न निर्वाचनमा अर्थमन्त्री साहको जित कति सहज देखिन्छ यो क्षेत्रमा ? यो प्रश्न पनि चर्चाकै विषय हुन् । किनकि उनका निकटतम प्रतिस्पर्धीका रुपमा जनमत पार्टीका सतिश कुमार सिंह र सत्ता गठबन्धनबाट लोसपाका सरोज कुमार मण्डल उभिएका छन्। स्थानीय तहको मत परिणाम हेर्दा सत्ता गठबन्धन मजबुत देखिएको छ। पूर्व तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहको प्रभाव समेत देखिएको छ।त्रीपक्षीय प्रतिस्पर्धा हुने निश्चित देखिएको यस क्षेत्रमा अर्थमन्त्री साह भने आफु जित्नेमा विश्वत रहेको बताउनुहुन्छ।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले २०७४ को चुनावमा जित हात पारेका थिए ।उहाँसँगै प्रदेशसभा(क)मा जसपाकै शैलेन्द्र प्रसाद साहले बाजी मारेका थिए ।

जसपाको केन्द्रिय राजनीतिक समिति सदस्य साहले पाँच वर्ष मधेस सरकारमा दुई वटा मन्त्रालयको नेतृत्व गरिसकेका छ्न्।भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयको सफल नेतृत्व गरिसकेका साह मधेस सरकारको बहालवाला प्रवक्ता तथा अर्थमन्त्री हुन।

आसन्न निर्वाचनका लागी यसै क्षेत्रबाट उम्मेदवारी दिनुभएका साह जनताको मनमा बस्न सफल भईरहेको छ।भौतिक पूर्वाधार बिकासमा पछाडी परेका यो क्षेत्रको समग्र बिकासमा साहले खेलेको भुमिका स्मरणीय छ।

प्रदेशसरकार सञ्चालनमा महत्त्वपूर्ण भुमिका निभाउने साहले प्रदेशसँगसँगै आफ्नो निर्वाचन क्षेत्रको बिकासमा क्रमिक सुधार गर्दै आएका छ्न।त्यतिमात्रै कहाँ हो र संघीयताको अभ्यास यसै प्रदेशबाट भईरहेको देशव्यापी बहसका बीच संघीय शासनको कार्यान्वयनमा साहले कुनै कसर बाँकी राखेका छैन ।संघ र प्रदेशको अधिकार वाडफाडको सवालमा अधिकार सम्पन्नप्रदेश सरकारको लागी संघर्ष गर्ने नेताको रुपमा साहलाई लिइएको छ।उनले प्रदेश सरकारप्रति संघ सरकारको नियतविरुद्ध सदैव जनतालाई सुचित गर्ने छवि बनाएका छ्न।

मुख्यमन्त्री एक सय दिने कार्ययोजना, सुशासन सम्बन्धी ११ बुँदे नीति, नीति तथा कार्यक्रमको घोषणा, बजेट घोषणा एवं वाडफाड, विभिन्न नीति निर्माण, केन्द्रिय सरकार र स्थानीय तहको सरकार बीचमा पुलको काम, एक आपसमा समन्वय र सहकार्य गरी प्रदेश र देशलाई समृद्धितर्फ उन्मुख गराउने रणनीति मधेश प्रदेशको सरकारले ल्याएको छ ।

प्रथमपटक २०७४ साल माघ महिनाको ३ गते मधेसप्रदेश सरकारको मन्त्रिपरिषद् गठन भए पश्चात विभिन्न ऐन, नियम, विधेयक, नीति, निर्देशिका तयार हुने क्रम अगाडि बढाएको छ। प्रदेश सरकारको यस्ता कार्यहरूमा साहको भुमिका महत्त्वपूर्ण देखिएको छ। यसै कार्यहरूका आधारमा साहलाई यस क्षेत्रका मतदाताले पुनः प्रदेशसभामा पठाउनुपर्ने चर्चा बढाएका छ्न।

साहलाई यसपटकको निर्वाचनमा भने यस क्षेत्रमा जित हात पार्न त्यति सहज छैन ।सत्ता गठबन्धनबाट प्रदेशसभामा सरोज कुमार मण्डल स्थानीय तहको मत परिणाम अनुसार बलियो देखिन्छ ।मण्डलका आफ्नै दाई सुनिल मण्डल महादेवा गाउँपालिकाको निर्वाचित अध्यक्ष हुन।तिलाठी कोइलाडीमा कांग्रेसका अरुण मण्डल र छिन्नमस्तामा लोसपाकै बिद्यानन्द चौधरीले स्थानीय तहका जितेका छ्न्। त्यसकारण सत्ता गठबन्धनबाट मण्डलले कडा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा समेत त्रीपक्षीय प्रतिस्पर्धा देखिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का आम मतदाताले अगामी पाँच वर्षका लागि मन पराएका उम्मेदवारलाई मत हाल्न आतुर देखिन्छ । प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट एक जना सदस्य बिजय हुने नै छ। मंसिर ४ गतेको मतदानले छानिएका उम्मेदवारले अगामि पाँच वर्ष प्रदेशसभामा प्रतिनिधित्व गर्न पाउने छ्न्।

प्रदेशसभाको यस क्षेत्रमा छिन्नमस्ता गाउँपालिका,तिलाठी कोइलाडी गाउँपालिका र महादेवा गाउँपालिकाको वडा नम्बर १ र ३ बाहेकका जम्मा १९ वटा वडाहरु रहेका छ्न।जसमा २६ हजार ८ सय २२ जना पुरुष र २३ हजार ९६ जना महिलासहित जम्मा ४९ हजार ९ सय १८ जना मतदाता रहेको छ।यस क्षेत्रमा ३८ वटा मतदान स्थल र ६८ वटा मतदान केन्द्र रहेको छ।

Previous Post

छठ हेर्न आएका किशोरको हत्यामा समलग्न ७ जना पक्राउ

Next Post

वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

Next Post
वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist