माघ २३ गते,इनरुवा । इनरुवा नगरपालिका वडा नं–२ को वडा अध्यक्षका प्रत्यासी उम्मेदवार शिव कुमार पंडित र वर्तमान वडा अध्यक्ष विश्वनाथ ठाकुर बिच भेटवार्त भएको छ ।
सोमबार इनरुवा नगरपालिको कार्यालयमा वडा अध्यक्ष ठाकुरसंग पंडितले भेटवार्ता गरेको हो ।
बैसाख ३० गतेको स्थानिय तहको निर्वाचनमा आफुलाई वडा वासिंदाहरुले दिएको मतको कदर गर्दै वहाँहरुको समस्या तथा विकास निर्माणका कामहरु वर्तमान वडा अध्यक्ष संग समन्वय गरि अघि बढ्ने उदेश्यले आफु वडा अध्यक्ष ठाकुर संग भेटवार्ताका लागि गएको शिव कुमार पंडितले जानकारी दिए । चुनाव लड्दै गर्दा वडावासीने आफुलाई एउटा निर्णयक मत दिएका थियो र पनि आफुभन्दा गग्रज अभिभावकलाई वडावासीले विश्वास गरि जिताउनुभो एस्मा आफु खुशी व्यक्त गरे । उनले भने “चुनावमा हार जित स्वभाविक हो ।,‘चुनावमा जितेका उम्मेदवारको वछि बिरोध गगरेर समय खेर फाल्नु भन्दा संगै मिलेर वडाको विकासका कामहरुमा सल्लाह सुझाव एिर अघि बढ्नुनै असल नेताको पहिचान हो ।” उनले वडाको समग्र विकासमा आफ्नो पूर्ण समर्थन रहन े प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरि इनरुवा नगरपालिका वडा नं–२ का वडा अध्यक्ष विश्वनाथ ठाकुरले आफुले गरेका राम्रा नराम्रा कामहरु के के हुन् ? के गर्दा राम्रो हुन्छ ? कहाँ के कस्ता कामहरु गर्दा उपयुक्त हुन्छ ति सबै कुरामा सबैले सल्लाह सुझाव दिदैं वडालाई शुन्दर र नमुना बनाउन सहयोग गर्न आग्रह गरे । पंडितसंग भेटवार्ता हुँदा उनले खुशी व्यक्त गरे र आगामी दिनहरुमा पनि वडाका समस्याहरु जे जस्था छन् वा भविश्यमा आउँने समस्यालाई सबैको सल्लाह सुझाव लिएरै समाधान गर्ने उनले बताए ।
ठाकुरसंग पंडितले निर्वाचित भैसकेपछी वडाको विकाशमा के कस्ता कामहरु अघि बढाएको प्रश्न समेत गरे । उनले आफुले वडामा देखेका समस्याहरु एक एक गरि अध्यक्ष ठाकुरलाई बताए र ति समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्न आग्रह गरे ।
वडा अध्यक्ष ठाकुरले आफु निर्वाचित भएर आएपछि वडामा विभिन्न बिकाश निर्माणका कामहरु अघि बढाएको बताए । उनले बबाटोघाटो देखि पोल बत्ती लगायत विभिन्न कामहरु एक एक गरि बताए । पंडितले वडामा देखाएको समस्याहरुलाई पनि चरबद्ध तरिकाले समाधान गर्दै जाने उनको भनाई छ ।