ताविल अन्सारी
फागुन १६ गते,हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको कार्यबाहक अध्यक्षमा पालिका उपाध्यक्ष रिमझिम भगतले जिम्मेवारी पाउनु भएको छ ।
गाउँपालिका अध्यक्ष हाजी गफार अन्सारी धार्मिक यात्राका लागि उर्मा गर्नका लागि साउदि अरब जान लाग्नु भएको वहाँको अनुपस्थितिमा कार्यबाहक अध्यक्षमा पालिका उपाध्यक्ष रिमझिम भगतलाई जिम्मेवारी दिइएको हो । आर्थिक कारोबार बाहेक दैनिक कामकाज सञ्चालनका लागि पालिका अध्यक्ष हाजी अन्सारी धार्मिक यात्रा सकेर नफर्कुञ्जेल सम्म कार्यबाहक अध्यक्षको जिम्मेवारी पालिका उपाध्यक्ष रिमझिम भगतले पाएकी छिन् । आफनो अनुपस्थितीमा कार्यबाहक जिम्मेवारी पाएकी उपाध्यक्ष रिमझिम भगतलाई गाउँपालिकाको कार्यसम्पादन विवाद रहित ढंगले सञ्चालन गर्न , नियमित अनुगमन तथा जनतालाई सरल सुलभ सेवा प्रवाह गर्नमा कटिबद्ध रहन निर्देशन समेत दिनु भएको छ । साथै अध्यक्ष हाजी अन्सारीले पालिका र शाखाका कर्मचारीहरु बैठक बोलाई आफनो अनुपस्थितिमा कुनै किसिमको जनताको गुणासो आउन नदिनका लागि इमान्दारीपूर्वक सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । साथै सो बैठकले पालिकाका सबै कर्मचारी सरकारी पोशाकमा अनिवार्य आउनु पर्ने , परिचयपत्र अनिवार्य झुण्डयाउनु पर्ने , कार्यालय समयमा आउने र जाने दिउँसो खाजाको समय सवा १ बजे देखि सवा २ बजे रहने निर्णय समेत गरिएको छ ।