ADVERTISEMENT
Sunday, April 26, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कपालिवस्तु विजयनगरमा बर्षाका कारण शंकरपुर ताल फुट्योः स्थानीय जोखिममा, सतर्कता अपनाउन आग्रह

गणेश कुमार यादव by गणेश कुमार यादव
September 2, 2022
in समाचार
0
कपालिवस्तु विजयनगरमा बर्षाका कारण शंकरपुर ताल फुट्योः स्थानीय जोखिममा, सतर्कता अपनाउन आग्रह
36
SHARES
Share on FacebookShare on Twitter

धर्मेन्द्र चौधरी

कपिलवस्तु ।कपिलवस्तु विजयनगर लगातारको वर्षातका कारण कपिलवस्तुको विजयनगरमा रहेको शंकरपुर ताल फुटेको छ । कपिलवस्तुकै सुदुरपश्चिम क्षेत्रमा रहेको शंकरपुर ताललाई व्यवस्थित बनाउन विजयनगर गाउँपालिकाले विभिन्न प्रयासहरु गरेको थियो । लगातारको बर्षाका कारण अहिले भने सो ताल फुटेसंगै जोखिम बढेको छ । ताल फुटिसकेकाले गाउँपालिकाका करिव १५ वटा गाउँका स्थानीय जोखिममा परेको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ । गाउँपालिका कै पर्यटकीय स्थलमा रुपमा परिचित बन्ने राम्रो सम्भावना बोकेको सो ताल फुटेसंगै स्थानीय त्रसित भएका छन् ।

 

ताल फुटेसंगै अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडाध्यक्ष लगायत जनप्रतिनिधि र सुरक्षाकर्मीको टिम सोहि स्थानमा पुगेको छ । संयौ बिघा क्षेत्रफलका खेतीयोग्य जमिन, सिंचाईका कुला, वस्ती कटान हुने जोखिम बढेकाले सर्तकता अपनाउनका लागि सुशुचित गर्ने र तत्काल उद्धारका लागि गाउँपालिका लागिपरेको अध्यक्ष थापाले बताउनुभयो । उहाँले सम्पुर्ण गाउँपालिकावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै समस्या परे गाउँपािलका सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

विगतमा पनि गाउँपालिकाले बजेट विनियोजन गरि संरक्षणका लागि विभिन्न कामहरु गरेको र अझ व्यवस्थित गर्नका लागि प्रदेश, केन्द्र सरकारसंग निरन्तर पहल गर्दा पनि प्रदेश, केन्द्र सरकारले चासो नदेखाएका कारण अहिले यो अवस्था आएको अध्यक्ष थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, ‘प्रदेश र केन्द्र सरकारले चासो देखाई आवश्यक बजेट विनियोजन गरेर ताल संरक्षणका लागि ड्याम बांधि व्यवस्थित गरेको भए तालको अहिले यो अवस्था हुने थिएन, हामीले निरन्तर पहल गरिरहेका थियौं ।’ थापाले यसलाई व्यवस्थित गर्नका लागि ठुलो लगानि आवश्यक रहेकाले गाउँपालिकाको सिमित स्रोत र साधनले नपुग्ने बताउनुभयो ।

प्रहरी निरिक्षक विजय तिमिल्सिनाको नेतृत्वमा ईलाका प्रहरी कार्याल गणेशपुरको सुरक्षाकर्मीको टिम, मातहतका निकाय, सशस्त्र विओपी विसनपुरको टोलि उद्धारका लागि तैनाथ अवस्थामा रहेको छ । गाउँपालिकावासीलाई कुनै समस्या पर्ना साथ उद्धारका लागि सुरक्षाकर्मीको टोलि तयारी अवस्थामा रहेको प्रहरी निरिक्षक विजय तिमिल्सिनाले बताउनुभयो ।जिल्लाको पश्चिमी क्षेत्रकै सवै भन्दा ठुलो तालको रुपमा परिचित छ । चन्द्रौटा बजारबाट करिव ५ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा रहेको सो ताल यस क्षेत्रकै चिनारीको रुपमा रहेको बुढापाका वताउछन । शंकरपुर तालमा शिवगढी मन्दिरमा बस्ने भगवान शंकरले नुहाउने र शिवगढीमा बस्न जाने धार्मिक विश्वास रहेकोले सोही अनुरुप यस तालको नाम नै शंकरपुर ताल रहन गएको स्थानीय बताउँछन् ।

शंकरपुर ताल करिव ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

Previous Post

राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाइयो’

Next Post

लौकहीमा सवारी दुर्घटना हाँदा दुई जनाको मृत्यु

Next Post
लौकहीमा सवारी दुर्घटना हाँदा दुई जनाको मृत्यु

लौकहीमा सवारी दुर्घटना हाँदा दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1642 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist