विराटनगर । १ नम्बर प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ ।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बिहीवार९आज० प्रदेश १ लाई साक्षर घोषणा गरेका हुन् ।
साक्षर प्रदेश घोषणा गरे । प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो ।
१ नम्बर प्रदेशमा १५–६० वर्ष उमेर समूहका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएका सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सुगम जिल्लामा साक्षरता प्रतिशत कम देखिएको छ ।
१५–६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ ।
१ नम्बर प्रदेशमा ४५ लाख ३४ हजार ९४३ जनसंख्या रहेकोमा ९६।७४ प्रतिशत साक्षर रहेको सामाजिक विकासमँत्रालयले जनाएको छ ।
यो पनि हेर्नुहोस् :