असोज २ गते,इनरुवा। एकसता अघि स्थगित भएको विश्व आत्महत्या रोकथाम दिवशको कार्यक्रम सुनसरी सदरमुकाम इनरुवामा आईतबार मनाइएको छ । दिवशको अवसरमा सचेतना कार्यक्रम गत शनिवार गर्ने भनिएकोमा बेलायतकी महारानीको निधनले स्थगित भएको कार्यक्रम आईतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा आत्महत्या विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको हो । ‘आशा जगाऔँ, जिवन बचाऔँ’ भन्ने मूल नाराकासाथ आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट एक हजार बढीको सहभागितामा रयाली निकाल्दै नगर परिक्रमा गर्दै रोयल पार्टी प्यालेसमा कोण सभा सहित सचेतनामूलक प्रस्तुति एवं छलफल गरिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले आत्महत्या रोकथाम तथा न्युनिकरण अभियानका बारेमा आयोजना गरिएको अत्महत्या बिरुद्धमा सचेतनामूलक प्रस्तुति राख्नुभयो ।
ढकालले आत्महत्या भनेको के हो ?, आत्महत्या गर्नुका कारणहरु, आत्महत्या गर्ने सोच भएका व्यक्तीहरुमा देखिने लक्षणहरु, आत्महत्या जोखिमको लेखाजोखा, आत्महत्याको गम्भीरता, आत्महत्या न्यूनिकरणका उपायहरु र त्यसमा सरोकारबालाहरुको भुमिका लगायतका विषयमा जानकारी गराउनुभयो । कार्यक्रममा जिल्ला सहकारी वकिल कार्यालयका जिल्ला न्याधिवक्ता एकराज अधिकारीले आत्महत्या विरुद्धको सचेतनामूलक कार्यक्रम र नैतिकता सिकाउनुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रमको उदेश्य बारेमा प्रहरी नायव उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।
कार्यक्रममा इनरुवा नगरपालिकाका उपप्रमुख विनिता कुमारी मेहताले प्रविधिको दुरुपयोग र मानिसको बढ्दो महोत्काक्षाका कारण्ले आत्महत्या बढेकाले नैतिक शिक्षा, पारिवारिक शिक्षा सहित चेतनामूलक कार्यक्रम गनुपर्ने बेला आएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपानेले सबै अभिभावक आफ्ना छोराछोरीको मानसिक र भावनात्मक अवस्थाप्रति सजग हुनुपर्नेेमा जोड दिनुभयो । वहाँले स्वस्थ्य शरीर र मनका लागी पर्याप्त निन्द्रा आवश्यक हुनाले उनीहरूको सुत्ने, उठने र खानपानमा विशेष ध्यान दिने, अनि त्यहीअनुसार गर्न प्रोत्साहन गर्ने कार्य गर्न सके आत्महत्या रोकथाम गर्न सकिने बताउनुभयो ।जिल्ला अस्पताल इनरुवाका प्रमुख डा. देवराज घिमिरेले हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या दिवस रोकथाम दिवस मनाउर्दै आएकोमा नेपालमा सरकारको निणर्य अनुसार आठदिन ढिलो मनाएको बताउनुभयो । वहाँका अनुसार सन् २००३ सेप्टेम्बर १० मा भियनाबाट दिवस मनाउन सुरु गरिएको थियो । अचेल विश्वभर दिवस मनाइन्छ ।
विश्व स्वास्थ्य संगठन सहितको विभिन्न संस्थाको तथ्यांक अनुसार विश्वमा प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेको छ । प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन । तथ्यांक अनुसार १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको छ । पचहत्तर प्रतिशत कम तथा मध्यम आम्दानी भएका राष्ट्रमा आत्महत्याको जोखिम पाइन्छ । पुरुषहरूभन्दा महिलामा आत्महत्या प्रयास बढी भए पनि आत्महत्या गर्ने संख्या महिलाको भन्दा पुरुषको ३ गुणाले बढी छ । यसमा उमेर समूहको कुरा गर्दा १५ देखि २४ वर्षका बालबालिका, युवायुवती र वयस्क पर्छन् भने ७५ वर्ष भन्दा माथिकाले आत्महत्या गरेको पाइन्छ ।
एक जनाले आत्महत्या गर्दा अरू २५ जनाले आत्महत्याको प्रयास गरेको पाइन्छ । नेपालमा प्रत्येक महिना २४ जनाले आत्महत्या गर्छन् र यो विश्वमै आठौं उच्च दर हुन गएको छ । २०७८÷०७९ मा मात्र ५ हजार ९ सय ८३ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ ।
क्षति, शोक र वियोग
मानव जीवनमा आइपर्ने क्षति, शोक र वियोगका कारणले पनि मानिसमा दबाबको स्थिति सृजना भएको हुन सक्छ। ‘क्षति’ कुनै महत्वपूर्ण व्यक्ति वा वस्तु गुमाउँदा अनुभव गरिने वास्तविक नोक्सानी हो। ‘शोक’ कुनै महत्वपूर्ण व्यक्ति वा वस्तु गुमाउँदा अनुभव गरिने दुःख र वेदनायुक्त भावना हो। ‘वियोग’ कुनै महत्वपूर्ण व्यक्ति वा वस्तु गुमाउँदा अनुभव गरिने दुःख वा शोकको अवस्था हो। यसले बालबालिका, युवा, वयस्क र प्रौढ सबैलाई प्रभाव पार्छ।
क्षति, शोक र वियोगले पनि कहिलेकाहीं आघातको अनुभव, ऊर्जाहीन अनुभव, ग्लानि, पछुतो अनुभव हुन सक्छ। यसले मानसिक रूपमा असर गर्नुपूर्व नै परिवार, साथीभाइ, समुदाय र परम्परागत धार्मिक कार्यक्रम आदि आयोजना गरी क्षति, शोक र वियोगबाट पीडामा भएका मानिसलाई पुनः पहिलाकै अवस्थामा ल्याउन सहयोग गर्न सकिन्छ। उदाहरणका रूपमा हामी गाईजात्रालाई लिन सक्छौ। क्षति, शोक र वियोगमा परेका परिवारलाई त्यसबाट बिर्साउन तिनका परिवारको घरबाट गाई बनाएर निकाल्ने, शहर परिक्रमा गर्दा आफूलाई जस्तै क्षति, शोक र वियोग अरूलाई पनि पर्दो रैछ भनेर अरूलाई हेरेर चित्त बुझाउन सहयोग गर्छ।
यी दैनिक जीवनमा आइपर्ने उतारचढाव हुन्। क्षति, शोक र वियोगले ल्याउने शारीरिक, मानसिक, सामाजिक, मनोवैज्ञानिक र आध्यात्मिक समस्याहरूभन्दा अन्य समस्याका कारणले आत्महत्याको जोखिममा रहने तथा आत्महत्या गर्नुका धेरै कारण हुने गर्छन्। जसमध्ये केही महत्वपूर्ण कारण हुन्–पहिले पनि आत्महत्याको प्रयास गरेको अवस्था छ भने, लागुपर्दाको सेवन, शारीरिक रूपमा विरामी तथा अपांगता, साथीसंगी तथा परिवारका सदस्यले आत्महत्या गर्नु, बुलिङ, मानसिक रोगी, आत्मीय साथी तथा परिवारका सदस्यहरूको मृत्यु भई गहिरो शोकमा परेमा, आत्महत्या गर्न सहयोग गर्ने सामाग्रीको पहुँचमा हुनु, आपसी सम्बन्धमा समस्या आउनु आदि विशेष कारण हुन्।
आत्महत्या गर्नुअघि देखिने महत्वपूर्ण सूचकहरू यस प्रकार छन्
कुराकानी गर्दा बाँच्नुको कुनै औचित्य छैन, उदास लागेको छ र उराठ लाग्नु, सहनै नसक्ने पीडा अनुभव गरिरहेको छु, अरूलाई बोझ बनिरहेको छु आदि अभिव्यक्ति दिने गर्छन्।
व्यवहारमा पनि परिवर्तन आउँछ जस्तै पहिले रुचि भएका कुरा गर्न पनि नरुचाउनु, मदिरा तथा लागुपदार्थको अत्यधिक सेवन गर्नु, धेरै सुत्नु वा सुत्न समस्या हुनु, परिवार, साथीहरू र समूहभन्दा एक्लै बस्न रुचाउनु, आत्महत्या गर्ने तरीका र साधनहरूको खोजी गर्नु र सानोसानो कुरामा पनि आवेगमा आउने, रिसाउने र झर्कने आदि गर्नु।
मानसिक स्थितिमा पनि परिवर्तन देखिन्छ जस्तै दबाबमा रहने, चिडचिडापन, आत्मग्लानि, निरासापन, रुचि हराउनु र निराश हुनु आदि।
आत्महत्यालाई कसरी रोकथाम गर्न सकिन्छ ? आत्महत्याको सोच आएमा के गर्ने र कसरी आफूलाई सुरक्षित राख्ने बारेमा केही उपाय चर्चा गरौं।
स्कूल अफ साइकोलोजीका संस्थापक अध्यक्ष डा.नरेन्ı सिंह ठगुन्ना आत्महत्या रोकथाममा निरन्तर लागि पर्नुभएको छ। उहाँ आत्महत्या रोकथामका लागि आयोजना गरिएका गोष्ठी, सम्मेलन र तालिममा एउटै मन्त्रलाई पटकपटक दोहोरयाउनुहुन्छ, “यो मनको सम्पर्क त्यो मनसम्म पुर्याउने, यो मन र त्यो मनको बीचमा संवाद गर्ने र यो मनले त्यो मनको हेरचाह गर्ने।”
यति मात्र गर्न सकेमा आत्महत्याको जोखिम रोकथाम गर्न सकिन्छ।
आत्महत्याको बारेमा कुराकानी गरेमा एउटा व्यक्तिमा भएको आत्महत्याको सोचाइसँग सम्बन्धित तनाव घटाउन सहयोग गर्छ। त्यो व्यक्तिलाई आफ्ना भावना बुझिदिएजस्तो महसुस हुन्छ र आफ्नो समस्याको बारेमा छलफल गर्न इच्छुक हुन सक्छ।
आत्महत्याको योजना बनाएका मान्छेले कसै न कसैलाई वा कुनै न कुनै तरीकाले सूचना दिइरहेका हुन्छन्। यसबाट बुझ्न सकिन्छ कि प्रायः आत्महत्या गर्न खोज्ने मान्छे मर्न चाहँदैनन, मात्र उनीहरू आफ्नो पीडालाई अन्त्य गर्न चाहन्छन्।
अभिभावक तथा परिवारका सदस्यलाई भन्ने र संगै बस्ने, आफ्नो शैक्षिक प्रगति अवलोकन गर्ने, अन्य व्यक्ति, साथीभाइ, छरछिमेकी, आ˚न्तसँग सम्पर्कमा रहने, अन्तरक्रिया गर्ने, सामाजिक काममा सहभागी हुने, स्कुलको वातावरण सुरक्षित बनाउने, स्थानीय स्वास्थ्य निकायıारा आत्महत्याका बारेमा जनचेतनामुलक कार्यक्रम गर्नुपर्छ।
साथीहरूको भूमिका
उदासीनताका बारेमा साथीहरूलाई निर्धक्क भएर स्पष्ट रूपमा सोध्नुहोस्। विश्वास गर्ने वातावरण बनाउनुहोस्। प्रतिक्रिया नदिई सुन्नुहोस। साथीलाई एक्लै नछोड्नुस् र उसको नजिकको व्यक्ति अभिभावक, परिवारका सदस्य, शिक्षक, छिमेकी वा जिम्मेवार मानिसलाई खबर गर्नुहोस्।
शिक्षकको भूमिका
विद्यार्थीहरूले आत्महत्यासम्बन्धी राखेका जिज्ञासालाई यो केही पनि भएको हैन भनी बेवास्ता नगर्ने, सक्रिय भएर सुन्ने, ठीक वा बेठीक भनेर व्याख्या नगर्ने, बरु आफूलाई हानि गर्दिन र केही गर्नु अगाडि आफूलाई सम्पर्क गर्न वाचा गराउनुहोस्। विद्यार्थीमा कसरी र कहिलेदेखि आत्महत्याको सोच आयो ? कुन घटना वा सन्दर्भले यस्तो सोचाइ आयो ? आदि प्रश्नहरू प्रस्टसँग सोध्नुहोस्।
यस्तो बेला आश्वासनले मात्र काम गर्दैन, त्यसैले निर्णय प्रक्रियामा अभिभावकलाई पनि सहभागी गराउने र समाधानका उपाय पनि बताउने। अन्त्यमा तालिम प्राप्त शिक्षकशिक्षिका वा मनोविमर्शकर्तासंग सम्पर्क गर्ने।
अभिभावकको भूमिका
अभिभावकले आफ्ना हुर्किंदै गरेका छोराछोरीको मानसिक र भावनात्मक अवस्थाप्रति सजग हुने। स्वस्थ्य शरीर र मनका लागी पर्याप्त निन्द्रा आवश्यक हुनाले उनीहरूको सुत्ने, उठने र खानपानमा विशेष ध्यान दिने। अनि त्यहीअनुसार गर्न प्रोत्साहन गर्ने। कहिलेकाहीँ छोराछोरीले आफूसँग खुलेर कुरा नगरेमा जसको कुरा उनीहरू सुन्न तयार हुन्छन् । उनीहरूको सहयोग लिनुहोस्। जस्तै साथी, समुदायका अगुवा, शिक्षक आदि।
त्यस्तै आत्महत्याका लागि प्रयोग गरिने साधनहरू धारिला तथा अन्य हतियार, निन्द्रा तथा मनोवैज्ञानिक उपचारमा प्रयोग हुने औषधि, विषादी, डोरी आदि उनीहरूको पहुँचबाट टाढै राख्ने। कहिलेकाहीँ उनीहरूको सामाजिक संजाल ˚ेसबुक, इस्ट्रग्राम, टुइटर अवलोकन गर्ने र उनीहरूले केकस्ता स्टाटस पोस्ट गरेका छन्, उनीहरूका साथी कस्ता छन् र उनीहरू के कस्ता बेबसाइट हेरिरहेका छन् भन्ने थाहा हुन्छ।
जोखिममा भएका बच्चाले केही न केही खतराका संकेत दिइरहेका हुन्छन्। त्यस्तो पाइएमा कुरा गम्भीर रहेछ भन्ने बुझ्नुहोस र रोकथामका लागि पाइला चालिहाल्नुस्।
सञ्चार माध्यमको भूमिका
विभिन्न संचारका साधनले आत्महत्याका बारेमा प्रसारण गर्ने समाचारमा प्रयोग गरिने शीर्षक, भाषा र प्रसारण गर्ने शैलीले आम जनमानसलाई प्रत्यक्ष रूपमा उनीहरूको मानसिक अवस्थामा असर गर्छ। सञ्चार माध्यमहरूले तस्वीर र भिडियो ˚ुटेजहरू दोहो¥याईतेहे¥याई देखाएर समस्यामा केन्द्रित भएको अवस्थामा यसले नकारात्मक असर गर्दछ। यस्ता सामाग्री समाधानमा केन्द्रित भएर प्रसारण गर्न सकेमा आत्महत्याको जोखिम घटाउने सहयोगी बन्ने थियो।
विशेष व्यक्तिहरूको आत्महत्याका समाचारले जनमानसमा एक किसिमको नैराश्य ल्याउँछ। यस्ता व्यक्तिको आत्महत्या सम्बन्धी समाचार प्रसारण गर्दा अझ सजगता अपनाउनुपर्छ। किनभने कति मानिसले तिनका डाइहार्ट फ्यान हुन्छ। तिनलाई आइडल र रोलमोडलका रूपमा लिएका हुन्छन। त्यसैले तिनले आत्महत्या गरेका समाचारले उनीहरूमा आघात पर्न सक्छ र आवेगमा आएर आत्यमहत्याको बाटो रोज्ने सम्भावना हुन्छ।