असोज २ गते,इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आदिवासी थारू समुदायका महिलाले आईतबार जितिया पर्व विशेष कार्यक्रम गरि मनाइएको छ । यो पर्व शुक्रबारदेखि नै सुरु भएको पनि थारु महिला समाजले वर्त सहित आईतबार इनरुवामा जितिया पावैन विषेश कार्यक्रम सम्पन्न गरिएको छ ।
थारु साहित्य, कला र संस्कृतिको प्रर्दशन सहित सामूहिक नाचगान समेत गर्दै जितिया पावैन विषेश कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।थारू महिला समाज इनरुवा समितिका अध्यक्ष गिता चौधरीले थारु महिलाका महान र मौलिक पर्व भएकाले सामूहिक रुपमा जितिया विषेश कार्यक्रम आयोजना गरेको बताउनुभयो । आईतबार सम्पन्न भएको महोत्सवका प्रमुख अथिति इनरुवा नगरपालिकाका उपप्रमुख विनिताकुमारी मेहताले मधेसी र थारु समुदायको महान पर्व जितिया पावैनले सबैको दिर्घायु, बालबालिकाहरुको उज्जबल भविश्यको कामना गर्नुभयो ।कार्यक्रममा थारु कल्याणकारी सभाका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी, इनरुवा नगरपालिका ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेल, ललितकला केन्द्र प्रतिष्ठानका सदस्य जिवनाथ पोखरेल, वडा सदस्य यमकुमार श्रेष्ठ, शारदा भट्टराई, सृजना अधिकारी ,सृजना विश्वकर्मा, दुर्गा प्रसाद दाहाल, थारु कल्याणकारी सभा इनरुवा नगर कमितिका अध्यक्ष रोहित कुमार चौधरी, लाटीदेवी थान समितिका अध्यक्ष बनहु चौधरी, थामपति अमललाल चौधरी, समाजसेवी बद्रीलाल चौधरी, गैरसरकारी संस्था महासंघका अध्यक्ष मेघराज न्यौपाने, झिगु नेवा समाजका उपाध्यक्ष लालबहादुर श्रेष्ठ, पत्रकार लेखराज दंगाल, गणेश यादव र जयकृष्ण यादव लगायतकाले जितियाको महत्वका बारेका बोल्नुभएको थियो ।आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै थारु महिलाले यो पर्व मनाउने गर्दछन् । असोज कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइन्छ । सप्तमीको दिन नहाय खाएर यो पर्व सुरु हुन्छ । नहाय खाने दिन (शुक्रबार) वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छनन् । यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ ।पर्वको दोस्रो दिन अर्थात अष्टमीका दिन (सनिबार) वर्तालु महिला २४ घण्टा लामो निराहार उपवास बस्ने गर्दछन् । उपवासका दिन महिलाहरु गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन रहेको छ ।
यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलाको समेत आयोजना गरिन्छ । पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन आईतबार वर्तालु महिलाहरु पुनः नदी, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अर्घ्य दिएर पर्वको समापन गर्ने गरिन्छ ।
थारू महिला समाज इनरुवा समितिले आईतबार महोत्सवकै रूपमा कार्यक्रम गरी जितिया पावैन मनाइएको स्थानीय युवा रोहित थारु चौधरीले जानकारी दिनुभयो ।