इनरुवा । इनरुवा नगरपालिकामा तिज विषेश कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काग्रेंस इनरुवा नगर समितिले नारीहरुको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा महिलाहरुको बीचमा तिज विषेश कार्यक्रम सम्पन्न गरेको हो ।
तीज विशेष तथा दर खाने कार्यक्रम एवम् शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको पार्टीका इनरुवा नगरपालिकाका सभापती राजन मेहताले जानकारी दिनुभयो ।
पार्टीका जिल्ला सभापती एवम् इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीको प्रमुख आथित्यता तथा संविधान सभा सदस्य सिताराम मेहताको विषेश आथित्यतामा तिज विषेश कार्यक्रम सम्पन्न गरेको मेहताले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अथिति भण्डारीले तिजले संस्कृतिको जगेर्ना गर्ने, भावना जोड्ने र आपसी सदभाव समेत कायम गर्ने विश्वाश व्यक्त गर्नुभयो ।
विषेश अथिति सिताराम मेहताले हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को पूर्व नै तीज विशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेकोमा पार्टीलाई धन्यवाद दिनुभयो ।
उहाँले मधेसी र पहाडी दुवै समुदायका महिलाहरु एकसाथ एउटै मञ्चमा गरेको प्रस्तुति र गितनाचले झनै सम्बन्धलाई जोडिएको बताउनुभयो ।
दुवै समुदायका गीतहरु र नाचले भावनात्मक रुपमा पनि जोडेको बताउनुभयो । कार्यक्रममा इनरुवा उपप्रमुख विनित कुमारी मेहताले महिलाहरुको नेतृत्व र शुभकामना सटासाटको लागि कार्यक्रम उपयुक्त रहेको बताउनुभयो । पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले कार्यक्रममा महिलाहरुलाई दर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने कार्य निकै प्रसंशनीय भएको बताउनुभयो । कार्यक्रममा पार्टी नगर उपसभापती वीनिता दाहाल, युवा नेता धिरज भट्टराई, महिला वडा सदस्यहरु सहितको उपस्थिती रहेको थियो भने नेपाली कांग्रेस इनरुवा नगर समितिका सचिव खेमराज थापाले कार्यक्रम सञ्चालन गरेकाे थियाे ।