ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा मकर सङ्क्रान्ति उत्सव कार्यक्रम

गणेश कुमार यादव by गणेश कुमार यादव
January 15, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा मकर सङ्क्रान्ति उत्सव कार्यक्रम
45
SHARES
Share on FacebookShare on Twitter

माघ १ गते इनरुवा। सुनसरीकाे इनरुवामा मकर सङ्क्रान्ति उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दु स्वयम सेवक संघ नेपाल इनरुवा सुनसरीको आयोजनामा मकर सङ्क्रान्ति पर्व उत्सवको रुपमा सम्पन्न भएकाे  हो । इनरुवा नगर क्षेत्रका सयौंको संख्यामा स्थानीयहरुको उपस्थितीमा सामूहिक रुपमा खिचडी कार्यक्रम सहित मकर सङ्क्रान्ति पर्व उत्सवको रुपमा मनाईएको संघका दिलिपचन्द साहुले जानकारी दिए । साहुका अनुसार संघद्धारा आयोजित उत्सवमा लोप हुन लागेको संस्कार, मैथिल भोजन र मकर सङ्क्रान्तिमा प्रयोग हुने सामग्री प्रदर्शन र उपभोग  गरिएको थियो ।

हिन्दु स्वयम सेवक संघ नेपाल सुनसरीका संघ चालक मनोजकुमार यादवले उत्सवमा धार्मिक, सांस्कृतिक र भाषिक प्रहारको क्रम दिनप्रतिदिन बढदै गईरहेको परिपेक्षयमा संस्कार, संगठन र निस्वार्थ सेवामा जोड दिनुभयो । सबै नागरिकले अंश, बंश, संस्कार र जीवन पद्दतिलाई मर्यादित बनाई सन्ततिलाई संस्कार, संस्कृति र भाषाप्रति अपनत्व बोधको दायित्व महसुस गराउन संघको विस्तार १२ वटै स्थानीय तहको १२४ वटै प्रत्येक वडामा गर्नु आवश्यक रहेको धारणा  राखेका थिए ।

संघका इनरुवा संघ चालक राजकुमार मेहताले हिन्दुत्व, मातृत्व, मातृभाषा, संस्कृति, सभ्यताको रक्षा गर्न सबै अग्रसर हुनुपर्ने खाँचो औल्याउनुभयो । उहाँले संघगठनसगैं आआफ्नो कला, सीपको प्रवद्र्धन र संस्थाको विस्तार तथा विकासका लागि सबै ऐक्यबद्ध हुनु जरूरी रहेको बताए ।

संघका विभाग सेवा प्रमुख एवम् पूर्व जिल्ला अधिकारी स्वर्ण बहादुर थापाले सबैमा मानवता र एकताको सन्देश प्रवाह गर्न मकर सङ्क्रान्ति पर्व उत्सवले योगदान गर्ने विश्वाश व्यक्त गरे ।

थापाले विभिन्न सुमदायले विभिन्न तरिकाले मनाउने भएपनि यो दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने र यी परिकारले जाडोमा न्यानो दिने भएकाले उत्सवको माध्यमबाट खिचडी कार्यक्रम पनि गरिएको बताउनुभयो । उहाँले चिसो समयमा पर्ने मकर संक्रान्ती पर्वमा तातोताजो परिकार खाने गरिएको समेत बताए । संघका विराटनगर संवाहक कार्यवाहक रतन कुमार चौधरीले समुदायमा धार्मिक, वैज्ञानिक र सनातनको समेत प्रचारप्रसार आवश्यक रहेको उनले बताए  ।

त्यस्तै उत्सवको अवसरमा संघलाई जग्गा दान गर्ने रघुनाथ पंडितलाई सम्मान समेत गरिएकाे  छ ।   संघलाई जग्गा दान गरेकाेले संघका विभाग सेवा प्रमुख एवम् पूर्व जिल्ला अधिकारी स्वर्ण बहादुर थापाले दाेसल्ला ओढाएर उनलाई सम्मान गरेका हुन् ।

संघका कोशी सम्वाहक श्रवण यादवले मानवता, शस्त्र र अस्त्र सहित पवित्रता, शुद्धता, स्वस्थता, सेवा र दायित्व निर्वाह समाहित रहेको चाडपर्वलाई जीवन्त राख्नु आजको आवश्यकता रहेको बताए। सूर्य मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङक्रान्ति र तिल खाने दिन भएकाले तिला सङ्क्रान्ति तथा यस दिनदेखि सौरमासको आवधारणा अनुसार माघ महिनाको आरम्भ हुने गरिएकाले माघे सङ्क्रान्ति पर्व भनिने चलन छ ।

 

सूर्यको गति यस दिनदेखि उत्तराभिमुख हुने भएकाले यसलाई उत्तरायण पनि भनिन्छ । मकर सङ्क्रान्ति पर्वका दिन मातापिताले सन्तानलाई तिल, गुड मिश्रित चामल दाहिने हत्केलामा तीन पटक राखिदिएर खान दिन्छन् ।

यस बखत मातापिताले तिल बहिदेव भनेर सोध्ने एवं सन्तानले तिल बहने बचनबद्धता जाहेर गर्ने गर्दछन् । मिथिलामा तिल बहिदेव भनेको निःस्वार्थ भावले सेवा गर्नु हो । यसमा मातापितालगायतका मान्यजनले आफ्ना सन्तान सरहका व्यक्तिलाई पनि तिलबही दिने गरिन्छ ।

यो पर्वले आयु, आरोग्य, सम्पति, रूप, गुण, पापबाट मुक्ति हुने मान्यताका साथै सन्तानले मातृपितृ ऋणको भारलाई बहन गर्ने विश्वास गरिन्छ । यस पर्वमा तिल बहिदेव भन्ने शब्दको उच्चारणको अर्थ तिलको ऋण बहन गर्ने हो ? भनेर सोधिने गरेको मान्यता रहेको पाइन्छ । कालो तिल विष्णु भगवानको स्वरूप मानिने धारणा रहेकाले यसलाई पवित्र अन्न मानिन्छ । यस पर्वमा तिल र मीठा खान दिँदा भगवान विष्णुको कृपा र माधुर्यले सन्तानको जीवन आप्लावित भइरहने विश्वास रहेको पाइन्छ ।

यस पर्वमा खिचडी खाने चलन पनि छ । यस दिनको खिचडीमा मासको दाल तथा अदुवाको प्रयोग गरिएको हुन्छ । कतिपय परिवारमा यस दिन कुलदेवताको स्थानमा खिचडीको नैवेद्य चढाइने गरिन्छ । पर्वमा खिचडीका साथ घीउ, पापड, दही र अचार खाने चलन रहेको पाइन्छ । यसका साथै (मुरहीको लड्डु ) चुरलाई (च्युराको लड्डु ) र तिलबा (तिलको लड्डु) का साथै च्युरा र मुरही खाने प्रचलन छ ।

Tags: इनरुवाइनरुवामा मकर सङ्क्रान्ति उत्सव कार्यक्रमखिचडी कार्यक्रममकर सङ्क्रान्ति उत्सव कार्यक्रमहिन्दु स्वयंसेवक संघ नेपाल
Previous Post

गुणस्तरहीन सडक निरीक्षण गर्न इनरुवाका राजनीति दल

Next Post

विमान दुर्घटनाः ४ जना अझै फेला परेनन्, सशस्त्रको गोताखोर परिचालन

Next Post
विमान दुर्घटनाः ४ जना अझै फेला परेनन्, सशस्त्रको गोताखोर परिचालन

विमान दुर्घटनाः ४ जना अझै फेला परेनन्, सशस्त्रको गोताखोर परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist