ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

‘सच्चाई’ का नाममा झूटको खेती: जटिल रोग निको पार्ने भ्रम छरेर रकम असुल्दै

गणेश कुमार यादव by गणेश कुमार यादव
August 26, 2023
in समाचार
0
‘सच्चाई’ का नाममा झूटको खेती: जटिल रोग निको पार्ने भ्रम छरेर रकम असुल्दै
51
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले २०७४ सालमा पोखरा महानगरपालिका काहुँखोलामा सच्चाईमा लागेका हरेक व्यक्तिबाट १ हजार २०० रुपैयाँका दरले पैसा उठायो । मृत्युपछि तुरुन्तै किरिया खर्च १ लाख २५ हजार दिन्छौं भन्दै सच्चाईमा लागेका सयौं व्यक्तिहरुबाट केन्द्रले उक्त रकम उठाएको थियो ।

त्यसको केही समयपछि मंसिर १ गते सच्चाईमा लागेका एक व्यक्तिको मृत्यु भयो । परिवारले सच्चाई केन्द्रलाई जानकारी गराए । तर, सच्चाई केन्द्रका व्यक्तिले कहिले कता त कहिले कता भनेर टारिरहे ।

२०७२ सालदेखि सच्चाईमा लागेकी एक महिलाले भनिन्, ‘किरिया खर्च, सुत्केरी खर्च दिन्छु भनेर सच्चाईमा लागेकासँग पैसा उठाए । एकदुई जनालाई त सुत्केरी भएको बेला पैसा, घिउ, हर्लिक्स र कपडा दिए । तर, सयौंसँग पैसा उठाएपछि दिएनन् ।’

सच्चाई केन्द्र नेपालका शाखा हाल नेपालभर नै फैलिएको छ । पोखरा महानगरपालिका- १६ लामाचोरमा सच्चाई केन्द्रको केन्द्रीय कार्यालय छ । प्रकाश गैरे अध्यक्ष रहेको केन्द्रको शाखा भने देशैभर फैलिएको छ । केन्द्रअन्तर्गत दर्ता भएका २३८ र दर्ता नभएकासमेत गरी ४५० भन्दा बढी शाखा अहिले सञ्चालनमा छन् । तिनै शाखाहरुबाट हरेक हप्ता सम्मानको प्रार्थना (दानको प्रार्थना) मार्फत पैसा उठाइन्छ ।

सच्चाईमा लागेका व्यक्ति हरेक हप्ता केन्द्रको शाखामा भेला हुन्छन् । सोही समयमा भजन गाउँछन्, प्रार्थना गर्छन् । त्यसैबेला आँखा चिम्लेर गोजीमा हात हालेर पैसा निकाल्ने र मुठ्ठीदानका रुपमा थैलीमा हाल्नुपर्ने हुन्छ । त्यस्तो दान कार्य हप्ताको एक दिन देशैभरको शाखामा चल्छ ।

थैलीमा जम्मा भएको पैसा शाखाले खोल्न पनि पाउँदैन । त्यो थैली हरेक महिनाको १३ देखि २१ गतेसम्मको पहिलो मंगलबार पोखरामा रहेको केन्द्रीय कार्यालयमा बुझाउनुपर्छ । सबै शाखाका लिडर हरेक महिना थैली लिएर पोखरा आउँछन् र थैली बुझाएर जान्छन् ।

‘शाखाको काम जम्मा गर्ने हो । त्यसपछि शाखाले हेर्न पनि पाउँदैन । सीधै १ महिनाको केन्द्रलाई लगेर बुझाउनुपर्छ । त्यसपछि के हुन्छ । त्यो शाखालाई पनि थाहा हुँदैन’, ती महिलाले भनिन् ।

मुठ्ठीदानबाट महिनामै लाखौं रकम केन्द्रमा जम्मा हुन्छ । तर, त्यो पैसाको कुनै लेखाजोखा छैन । ती महिला भन्छिन्, ‘हालसम्म उहाँहरुले कहाँ लगानी गर्नुभयो त ? सत्यता हुनुपर्ने सत्यता छैन । गरेको भए बाहिर सेवा गरिएको देखिनुपर्ने हो तर, देखिएको पनि छैन ।’

मुक्ति समाजका केन्द्रीय कमिटी सचिव धनबहादुर नेपालीले कमजोर आर्थिक अवस्था भएका र अशिक्षित व्यक्तिलाई हुनै नसक्ने भ्रम फैलाउनु गलत भएको बताए ।

उनले भने, ‘उनीहरु (सच्चाई)ले हुनै नसक्ने कुरा गरेर कमजोर आर्थिक अवस्था भएका, शिक्षा कम भएका, विभिन्न परिस्थितिले आक्रान्त परेकाबीचमा जुन भ्रम फैलाएको छ नि, त्यो गलत छ । त्यो काम गर्नुहुँदैन ।’

जटिल रोग निको पार्ने भन्दै असुली

सच्चाई केन्द्रको नारा ‘हिमाल पहाड तराई, कोही छैन पराई, सबैलाई समेट्ने एकमात्र सच्चाई’ लेखिएको छ । तर, सच्चाई केन्द्रले क्यान्सर, छारे रोग जस्ता रोग लागेका व्यक्तिलाई निको पारिदिने भन्दै पैसा असुलिरहेको छ ।

‘विश्वास गरे भने ईश्वरले क्यान्सर निको पार्दिनुहुन्छ’, ‘बच्चा नहुनेहरुलाई बच्चा हुन्छ’ जस्ता भ्रामक कुरामा फसाउँदै केन्द्रले पैसा असुली गरिरहेको देखिन्छ । वैदेशिक यात्रा राम्रो बनाइदिने, व्यापार राम्रो हुने जस्ता भ्रामक प्रचार गर्दै सच्चाई केन्द्रले विभिन्न व्यक्तिबाट पैसा असुलिरहेको पीडितहरुले बताउँदै आएका छन् ।

‘भजन गाउनु नराम्रो होइन । डिप्रेसनमा गएकाहरु त्यहाँ गएर भजन गाउँदा, घुलमिल हुँदा आत्मबल चाहिँ बढ्ला, केही सहज चाहिँ होला’, एक महिलाले भने, ‘तर, डाक्टरकोमा नगई रोग नै निको पार्दिन्छु भन्ने भ्रम हो । भ्रममा पारेर पैसा असुल्नु ठगी हो ।’

सच्चाई धर्ममा लागेर अर्थात विश्वास गरेवापत सन्चो भएको कुनै वैज्ञानिक तथ्य नभएको मुक्ति समाजका सचिव नेपालीले सुनाए ।

‘त्यहाँ सुनेअनुसार विदेश जान भिसा रोकिएकाहरुको भिसा लाग्छ भन्ने खालको कुरा छ । घाटा लागेर टाट पल्टिएका मान्छेले जब प्रार्थना सुरु गरे, त्यसपछि चाहिँ त्यो व्यवसाय फस्टाउन थाल्यो भन्ने खालको भ्रम आएको छ’, उनले भने, ‘सच्चाई धर्ममा लागेर, त्यहाँ विश्वास गरेवापत त्यो सन्चो भएको उहाँहरुसँग वैज्ञानिक तथ्य छैन । त्यो स्वास्थ्य विज्ञानलाई चुनौती दिने काम हो ।’

महानगरपालिका- १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले कुनै उजुरी नपरेकाले वडाले त्यसतर्फ ध्यान नदिएको बताए ।

‘केही समय अगाडि विवादमा आएको थियो । त्यसमा थप केही बुझिएको छैन । अन्यत्र पनि त्यस्ता केन्द्रहरु चलाएको देखियो । वडामा त्यस्तो उजुरी नपरेको हुनाले हामीले त्यतातिर हेरेका छैनौं’, उनले भने ।

यस सम्बन्धमा सच्चाई केन्द्रका अध्यक्ष गैरे सम्पर्कमै आउन चाहेनन् । त्यस्तै पोखरा महानगरपालिकाको लामाचोर पुग्दा पनि जिम्मेवार पदाधिकारीहरु कोही भेटिएनन् ।

Previous Post

धरान जाने सबै सवारी साधन तरहरामै रोकिए

Next Post

धरान छिर्न पाएनन् हिन्दुवादी, इटहरी मै कोणसभा

Next Post
धरान छिर्न पाएनन् हिन्दुवादी, इटहरी मै कोणसभा

धरान छिर्न पाएनन् हिन्दुवादी, इटहरी मै कोणसभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1444 shares
    Share 578 Tweet 361
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist