ADVERTISEMENT
Saturday, May 2, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जानकी मन्दिरको गर्भगृह जान राष्ट्रपति पौडेललाई चप्पलको व्यवस्था गरिएपछि विरोध

गणेश कुमार यादव by गणेश कुमार यादव
September 25, 2023
in मुख्य समाचार
0
जानकी मन्दिरको गर्भगृह जान राष्ट्रपति पौडेललाई चप्पलको व्यवस्था गरिएपछि विरोध
58
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामस्थित जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने भएका छन् ।

आज बिहान ९ बजे राष्ट्रपति पौडेल जनकपुरधाम आउने कार्यक्रम छ । जनकपुरधाम आऐलगत्तै उनी पूजापाठ र दर्शनका लागि जानकी मन्दिर पुग्नेछन् । उनका लागि मन्दिरमा चप्पलको व्यवस्था गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए । उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो ।

महन्त वैष्णवले नेपाल प्रेससँग भने, ‘जाडो महिनामा मानिसहरूले कपडाको जुत्ताजस्तो जुन चप्पल लगाउँछन्, त्यही चप्पल राष्ट्रपति पौडेलको लागि व्यवस्था गरिएको छ ।’

राष्ट्रपति पौडेलको लागि जानकी माताको गर्भगृहसम्म पुग्न चप्पलको व्यवस्था मिलाएपछि विरोध भइरहेको छ ।

यसअघिका राष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारी आउँदा भने खाली खुट्टै पूजाअर्चना गरेका थिए ।

नेपाल पत्रकार महासंघ धनुषाकी सभापति मनिका झाले पनि जानकी मन्दिरमा राष्ट्रपति पौडेलको लागि चप्पलको व्यवस्था मिलाएपछि सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन् ।

Previous Post

बचतकर्ताले बचत गरेकाे रकम फिर्ता नदिएपछि..

Next Post

राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष आलमको दोहोरो नागरिकता

Next Post
राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष आलमको दोहोरो नागरिकता

राष्ट्रिय युवा संघ मोरङका उपाध्यक्ष आलमको दोहोरो नागरिकता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1681 shares
    Share 672 Tweet 420
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist