ADVERTISEMENT
Sunday, April 26, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अंश विवाद चर्किँदा ‘अपहरण नाटकको आरोप, वृद्ध बुवाआमामाथि मुद्दा

गणेश कुमार यादव by गणेश कुमार यादव
April 26, 2026
in मुख्य समाचार
0
अंश विवाद चर्किँदा ‘अपहरण नाटकको आरोप, वृद्ध बुवाआमामाथि मुद्दा
34
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा पारिवारिक अंश विवादले नयाँ मोड लिएको छ। सदरुल मन्सुरी र उनका बुवा उमर मियाँबीच केही वर्षदेखि चल्दै आएको अंश सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै बेला छोराले आफ्नै बुवाआमाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएको घटना सार्वजनिक भएको हो।
परिवार स्रोतका अनुसार अदालतमा पेशीको अघिल्लो दिन सदरुलले आफ्नी आमा अमिरिका खातुन र बुवा उमर मियाँलाई कुटपिट गरेको आरोप छ। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए। पछि भारतको बिहार राज्यस्थित कर्जाइन क्षेत्रबाट आफू अपहरणमुक्त भएको दाबी गर्दै भारतीय प्रहरीसमक्ष बयान दिएका थिए।
उता कुटपिटबाट घाइते भएका बुवाआमा उपचारपछि अदालतमा हाजिर हुन जाँदै गर्दा वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। घटनाले चर्चा पाएपछि प्रहरीले उमर मियाँ, अमिरिका खातुनसहित परिवारका अन्य केही सदस्यविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा दर्ता गरेको बताइएको छ।
घटनाको अर्को दिन सदरुलकी बहिनी रुखशाना खातुनले सञ्चारमाध्यममार्फत उक्त घटना योजनाबद्ध र कपोलकल्पित भएको दाबी गरेकी छन्। उनले दाजुले लामो समयदेखि अंश विवादका कारण बुवाआमामाथि दबाब, दुर्व्यवहार र मानसिक यातना दिँदै आएको आरोपसमेत लगाएकी छन्।
रुखशानाले प्रारम्भिक अनुसन्धानबिनै हतारमा मुद्दा दर्ता गरी वृद्ध बुवाआमालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी छन्।
यस विषयमा नेपाल प्रहरी अन्तर्गत सुनसरी जिल्ला प्रहरी कार्यालय ले घटनाको अनुसन्धान जारी रहेको र सत्यतथ्य सार्वजनिक गरिने जनाएको छ।
अपहरणजस्तो गम्भीर प्रकृतिको मुद्दामा घटना सार्वजनिक भएकै दिन जाहेरी, मुद्दा दर्ता र पक्राउसम्मको प्रक्रिया सम्पन्न हुनु जिल्लामै असाधारण घटनाका रूपमा चर्चा भइरहेको छ।

Tags: अपहरण नाटकअंश विवाद चर्किँदाबुवाआमामाथि मुद्दावृद्ध बुवाआमामाथि मुद्दा
Previous Post

‘देखाउने दाँत’ र ‘चपाउने दाँत’ बीच हराएको सीमासुरक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1642 shares
    Share 657 Tweet 411
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist