ADVERTISEMENT
Friday, May 1, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भरतमोहन अधिकारी फाउण्डेसनले बाँड्यो ज्येष्ठ नागरिकलाई मोबाइल

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in मुख्य समाचार, समाचार
0
भरतमोहन अधिकारी फाउण्डेसनले बाँड्यो ज्येष्ठ नागरिकलाई मोबाइल
38
SHARES
Share on FacebookShare on Twitter

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रूपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ।

प्रतिष्ठानले ललितपुरको बुङ्मतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। कक्षामा सहभागी सबैलाई एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ।

बुधबार बुङ्मतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे।

प्रतिष्ठानले अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने घोषणा गरेको थियो।

समयसीमाभित्रै उक्त लक्ष्य हासिल भएको प्रतिष्ठानकी सदस्य एवं दिवंगत वामपन्थी नेता अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन्।

ज्येष्ठ नागरिकलाई आफन्त, साथीभाइ र सन्तानसँग कुराकानी गर्न सहज होस् भन्नका लागि मोबाइल वितरण गरिएको अधिकारीले बताइन्।

प्रतिष्ठानले प्रदेश १ को विराटनगरमा पनि यस्तै प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।

कार्यक्रमलाई सात वटै प्रदेशमार्फत् देशभर विस्तार गरिने प्रतिष्ठानकी अध्यक्ष एवं भरतमोहनकी धर्मपत्नी सविता अधिकारीले जानकारी दिइन्।

तत्कालीन एमाले नेतृत्वको अल्पमत सरकारका अर्थममन्त्री छँदा अधिकारीले ‘आफ्नो गाउँ, आफैं बनाऔं, गाउँ(गाउँमा सहकारी, घरघरमा भकारी, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमको थालनी गरेका थिए।

सोही कार्यका कारण दिवंगत भएपछि पनि ज्येष्ठ नागरिकका बीचमा अधिकारी लोकप्रिय छन्।

Previous Post

स्कटल्याण्डमाथि अमेरिकाको रोमाञ्चक जीत

Next Post

चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

Next Post
चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

चन्द्रकान्त पण्डित कोलकता नाइट राइडर्सको मुख्य प्रशिक्षक नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1677 shares
    Share 671 Tweet 419
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist