गनेश कुमार यादव
साउन १८ गते ,इनरुवा ।गायक प्रकाश अनुरागले साउन १७ गते शनिबार राखी बन्धनको नयाँ मैथिली गीत सार्वजनिक गरेका छन्।
“राखिक धागामे छुपल अछि प्यार बहिना” शीर्षकको गीतमा दिदी–बहिनी र दाजु–भाइबीचको स्नेह, माया र आत्मिक सम्बन्धलाई सांगीतिक स्वरूप दिइएको छ।
सुनिता साहको समेत आवाज रहेको यस गीतमा मधेश, नेपाल र भारत बिहारमा मनाइने परम्परागत राखी संस्कृतिको भावनात्मक प्रस्तुति गरिएको छ। गीतको शब्द, संगीत र संयोजन गायक अनुरागकै रहेको हो।
गीतको भिडियोमा विविध झाँकी, पारिवारिक सम्बन्ध र संस्कृतिमा आधारित दृश्यहरू समेटिएका छन्।
अनुरागले भने, “राखी बन्धनजस्तो गहिरो भावनासँग जोडिएको पर्वलाई मैथिली भाषामार्फत प्रस्तुत गर्ने उद्देश्यले यो गीत तयार पारिएको हो।”
गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमै दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।



