ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इजरायलले इरानमा गर्याे आक्रमण

गणेश कुमार यादव by गणेश कुमार यादव
October 26, 2024
in विश्व
0
इजरायलले इरानमा गर्याे आक्रमण
50
SHARES
Share on FacebookShare on Twitter

कात्तिक १० गते, काठमाडौं । इजरायलले इरानमा समेत आक्रमण गरेको छ । गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो ।

इजरायली सेना (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले आफ्ना लडाकु विमान इरानका सैन्य क्याम्पमा हमला गरी सुरक्षित रुपमा फर्किएको बताएका छन् । ‘इरानका कैयौं इलाकामा सटिक हमला पूरा भएको छ,’ प्रवक्ता हगारीले भनेका छन्, ‘हाम्रो रक्षात्मक र आक्रामक क्षमता पूर्णरुपमा सक्रिय छन् । हामी इजरायल राष्ट्र र जनताको रक्षाका लागि जे आवश्यक पर्छ त्यो गर्छौं ।’

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इजरायलले शनिबार बिहान पाँच बजेसम्म इरानमा आक्रमण जारी राखेको थियो ।

इरानका सरकारी मिडियाहरुले राजधानी तेहरानमा धेरैपटक विष्फोटका आवाज सुनिएको जनाएका छन् । समाचार एजेन्सी रोयटर्सले भने तेहरानमा विष्फोटका आवाज सुनिनुमा इरानको हवाई प्रतिरक्षा प्रणाली सक्रिय हुनुको कारण मानेको छ ।

तर, इजरायलले कस्ता खालका सैन्य क्याम्पमा आक्रमण गरेको छ र त्यो आक्रमणबाट क्षति कति भयो भन्ने विवरण भने खुलेको छैन ।

समाचार एजेन्सी एएफपीका अनुसार तेहरानका दुई अन्तर्राष्ट्रिय विमानस्थल भने सामान्य तरिकाले सञ्चालन भइरहेका छन् ।

अमेरिकाले पनि इजरायलले इरानमा गरेको आक्रमणबारे जानकार रहेको जनाएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ताले सीबीएस न्युजसँग कुरा गर्दै भनेका छन्, ‘इरानले १ अक्टुबरमा गरेको आक्रमणको जवाफ स्वरुप इजरायलले पनि आत्मरक्षा कारबाही गरेको हुनसक्छ ।’

इजरायलले इरानमा आक्रमण गरेपछि इराकले हवाई क्षेत्र बन्द गरेको छ । इरानको पश्चिमी सिमाना इराकसँग जोडिएको छ ।

इराकको सरकारी समाचार एजेन्सी आईएनएका अनुसार क्षेत्रीय तनावलाई मध्यनजर गर्दै इराकको एयर ट्राफिक र सबै विमानस्थलको सेवा बन्द गरिएको छ ।

Tags: इजरायलइरानमा आक्रमण
Previous Post

बलात्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ

Next Post

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

Next Post
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1490 shares
    Share 596 Tweet 373
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist