फागुन १८ गते,इनरुवा । सुनसरीको इनरुवामा प्रदेश नं-१ को नाम”काेशी प्रदेश” नामांकरण भएकाे अवसरमा दीप प्रज्वलन गरिएकाे छ ।
बिहिबार इनरुवा-१ स्थित रहेकाे लोकतान्त्रिक चोकमा नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस,इनरुवाकाे आयाेजनामा प्रदेश नं-१ को नाम”काेशी प्रदेश” नामांकरण भएकाे अवसरमा दीप प्रज्वलन गरिएकाे हाे ।
दीप प्रज्वलन गर्दै सुनसरी क्षेत्र नं४(ख) का सांसद हाजी इस्राइल मन्सुरीले नम्बर १ को नाम प्राकृतिको आधारमा साझा नाम कोशी प्रदेश राखिएको बताउनुभयाे ।
प्रदेश सभाबाट कोसी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे । आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहेकाे थियाे ।
दीप प्रज्वलन कार्यक्रममा सुनसरी क्षेत्र नं४(ख) का सांसद हाजी इस्राइल मन्सुरीले ,सदानन्द मण्डल, पूर्व राज्य मन्त्री तथा संविधान सभा सदस्य सिताराम मेहता विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पस इकाई समितिलेका पदाधिकारीहरूको उपस्थिति रहेकाे थियाे ।