ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

गाउँँपालिकाका अध्यक्ष अंसारीले गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेकाे आराेप

गणेश कुमार यादव by गणेश कुमार यादव
July 12, 2023
in मुख्य समाचार
0
गाउँँपालिकाका अध्यक्ष अंसारीले गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेकाे आराेप
287
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोशी गाउँँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आफूलाई अभद्र व्यवहार, गालीगलौज र अपरहणको प्रयास गरेको एक पीडितले आरोप लगाएका छन् । कोशी नदीको पूर्वी तटबन्ध मर्मत कार्यको ठेक्का पाएको रेवतीरमण गुप्ताले आफूलाई अध्यक्ष अंसारीले कोशी गाउँपालिका १ लौकही बजारमा अभद्र व्यवहार, गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेको र नदिएपछि झण्डै १० जना अपरिचित युवाहरु लगाएर अपरहणको प्रयास गरेको आरोप लगाएका छन् । पीडित रेवती रमण गुप्ताले पत्रकार सम्मेलन गर्दै हरिनगर गाउँपालिका १ का चन्द्रशेखर प्रसाद गुप्ताले भारत सरकारसंग सम्झौता बमोजिम काम गर्ने क्रममा कोशी गाउँँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आफू भारतीय नागरिक भएको र दबाव दिने , जोया एण्ड ब्रदर कम्पनीको बालुवा, गिट्टी, ढुगां सहित सामग्री लिन दबाव दिदै आएको बेला नमानेपछि धाकधम्की र अपहरणको प्रयास गरेको पीडित गुप्ताले बताए ।
गुप्ताले विज्ञप्तीमा उल्लेख गरे अनुसार अंसारीले पाँच लाख रुपैया नदिए कोशी प्रभावित क्षेत्रमा काममा रोक लगाउने, गाडीमा हातहतियार र लागु औषध राखेर मुद्दा मामिलामा फसाउने धम्की दिएको तथा ज्यानै मार्ने जस्ता मानसिक यातना दिदै आएको असार २४ गते आफू ससुरालीमा आएको मौकामा लौकहीमा अभद्र व्यवहार, गालीगलौज गर्दै पाँच लाख रुपैया माग गरेको र अपरिचित युवाहरु लगाएर अपरहणको प्रयास गरेकाले न्यायका लागि पहल गरिदिन नागरिक समाज, प्रेस जगत र मानवअधिकारकर्मीमा अपिल गरिएको छ । पत्रकार सम्मेलनमा प्रेसित विज्ञप्तीमा २०८० असार २४ गते कविर १०ः३० बजेको समयमा अध्यक्ष अंसारीले पद पावरको मर्यादाको दुरुपयोग गरि दिन दहाडै आफूलाई घेराबन्दी गरि कब्जामा पारी नियन्त्रणमा दिएर पाँच लाख रुपैया फिरौती तिनुपर्छ भन्दै अश्लिल अभद्र व्यवहार र हातपात समेत गरेकाले न्यायका लागि पहल गरिदिन अपिल गरिएको छ ।
पीडित गुप्ताले आफूलाई ज्यान जोखिममा परेको हेरेर आफ्नो कर्मचारी दिलिप कुमार मण्डल समेत चढेको स्कापिर्यो लिएर कोशी प्रोजेक्ट मधुवन कार्यालयमा जादैँ गर्दा अपरिचित व्यक्तिहरुले अपहरणको प्रयास गरेको उल्लेख गरेका छन् ।
त्यस्तै पीडितले सो घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जानकारी गराउँदा र जाहेरी दिदाँ समेत कुनै सुनवाई नगरेको बताइएको छ ।
गुप्ताले प्रहरीलाई दिएको जाहेरीको अंश जस्ताको त्यस्तै …..
१. जाहेरी दरखास्तवा सुचना दिने व्यक्तिको नाम, थर, ठेगाना (टोल सहित) फोन नं.ः– दिप नारायण गुप्ताको छोरा विदेश भारते विहार राज्य जिल्ला सुपौल थाना विरपुर घर भै जि. सुनसरी कोशी गाउँ पालिका वडा नं. १ भाडा घर बस्ने वर्ष ३५ को रेवती रामण ।
२. कुन कानुन वा मुद्दाबारे दरखास्तवा सूचना गरेको हो ः– अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर ।
३. कसुर गर्ने व्यक्ति को नाम, थर, ठेगाना(टोल सहित) ः– जि. सुनसरी कोशी गा. पा. वडा नं.३. वस्ने कोशी गा. पा.को वर्तमान अध्यक्ष अ वर्ष ५२ को एैयुव अंसारी (मो. ९८०३३०४६८३) ।
४. कसूर गर्ने व्यक्तिको बाबु आमाको नाम ः बाबु ः उसमान अंसारी÷ आमा ः×
५. कसुर गर्ने व्यक्तिको हुलिया र परिचय खुल्ने अन्य विवरण ः– ऐयूब अंसारी ः– अन्दाजी ५.५ फिट उचाई, मोटो शरीर भएको, गैहुगोरो वर्ण, भाषा मैथली, नेपाली वोल्ने ।
(क) कसूर भएको वा भईरहेको वा हुन् लागेको स्थान, ठाउँ, मिति र समय ः–
स्थान ः– जिल्ला सुनसरी कोशी गा.पा. वडा नं. १ भाडा घर आँगनमा ।
मिति ः– २०५० साल असार २४ गते आइतवार ।
समय ः– विहान अ. १०ः३० बजे
ख) कसूरसँग सम्वन्धित घटनाको विवरण ः जिल्ला सुनसरी रामनगर भुटाहा गा.वि.स. वडा नं. ६ हाल ऐं. हरिनगर गाउँ पालिका वडा नं. १ वस्ने चन्द्रशेखर प्रसाद गुप्ताले भारत सरकारसँग सम्झौता बमोजिम कोशी नदीमा आएको बाढी नियन्त्रण गर्नका लागि म दर्खास्त कर्ता तथा चन्द्रशेखर प्रसाद गुप्ता विच कार्य सम्झौता भई सो अनरुप मैले कार्य गर्ने क्रममा विपक्षी अन्यायीले वदमास यूवाहरुको साथ लिई म भएमा आई पटक पटक रकम माग गर्ने नदिए वाढी नियन्त्रण कार्य रोक्ने, हात हतियार तथा लागु औषध राखी मुद्दा मामिलामा फसाउने ज्याने माने जस्ता डर त्रास धम्की दिई मान्सीक यातना दिने कार्य गर्दै आउनु भएको थियो । उल्लेखित मिति समय स्थानमा अपरिचत व्यक्तिहरुको समूहले घेरामा पारी कब्जामा पारी नियन्त्रणमा लिई पांच लाख रुपैयाँ फिरोती रकम दिनुपर्छ भनी वाटो रोकी अश्लीन अभद्र व्यवहार हातपात गरे । विपक्षी अन्यायी त्यहावाट भागे पश्चात म दर्खास्तकर्ता तथा मेरो साथी दिलिप कुमार मण्डल समेत बिआर ११ एच ९६९५ को स्कारपियो गाडीमा कोशी पूर्व टट्वन्धको कार्य गर्न मधुवनको वाटो हुँदै कार्य स्थल जाने क्रममा विपक्षी अन्यायीको निर्देशनमा नियोजित तरिकाले ज्यानै मार्ने उद्देश्य मन्सायले अबैध हात हतियार देखाउदै स्कारपियो गाडीमा वदमास व्यक्तिहरु लिई म तथा मेरा गाडी बल प्रयोग गरी कब्जा पारी नियन्त्रणमा लिई के कुन अज्ञात ठाउँमा लगी करिव १ घण्टासम्म यातना दिई गुप्त स्थानमा मञ्जुरी विना वन्धक बनाई फिरोती रकम माँग गरेकोमा तत्काल प्रहरी स्थानिय व्यक्तिहरुको उपस्थित हुन लागे पछि मलाई छाडी भागी गए पछि तत्कालै प्रहरीमा जानकारी गराई विपक्षी अन्यायी उपर मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसूरहरु परिच्छेद–१७ को अपहरण वा शरिर बन्धक सम्बन्धी कसूरको दफा २११ र दफा २१२ वमोजिमको अपराध गर्ने विपक्षीलाई प्रकाऊ गरी सँगसाथमा लिई आएको अपरिचीत व्यक्तिहरु नाम ठेगाना खुलाई कानुनी कार्यवाही गरी ऐं. को दफा २१३, २१४ वमोजिम सजाय समेत गरी पैं. दफा २१७ बमोजिम क्षतिपुर्ति समेत भराई पाउन हैं.को दफा २१८ वमोजिमको म्याद भित्रै यो दर्खास्त गर्न छु ।
(ग) कसूरको प्रकृति र कसूरसँग सम्बन्धित अन्य विवरण ः– अपहरण वा शरीर बन्धक सम्बन्धी कसूर जघन्य अपराध अन्तर्गत पर्दछ ।
(घ) कसूरसँग सम्वन्धित सवुद प्रमाण भए सो कुरा ः– स्थानिय वस्तुस्थिती मुचुल्का वुझीको छाँया कपी यसैसाथ छ ।
७. यो दर्खास्तको व्यहोरा ठिक साँचो छ, झुठा व्यहोरा लेखेको ठहरे कानुन वमोजिम सहुला, बुझाउला । प्रहरीद्धारा अनुसन्धान हुँदा वा अदालतमा मुद्दा चल्दाका वखत उपस्थित हुनु पर्ने जनाउ पाए सो वमोजिम उपस्थित हुने छु ।
जाहेरी वा सुचना दिनेको व्यक्तिको ः– नाम ः– रेवती रमण ।

Tags: अपहरणकाेशी गाउँपालिका
Previous Post

प्रहरी जवानलाई बाँधेर यातना

Next Post

औषधी विभागको नक्कली कर्मचारी बनि औषधी व्यवसायसँग ५ लाख रकम माग्ने पत्रकार अन्सारीमाथि मुद्दा दायर

Next Post
औषधी विभागको नक्कली कर्मचारी बनि औषधी व्यवसायसँग ५ लाख रकम माग्ने पत्रकार अन्सारीमाथि मुद्दा दायर

औषधी विभागको नक्कली कर्मचारी बनि औषधी व्यवसायसँग ५ लाख रकम माग्ने पत्रकार अन्सारीमाथि मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist