ADVERTISEMENT
Saturday, May 2, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेले भने– ‘राजसंस्था जिन्दावाद, एमसीसी खारेज गर’

गणेश कुमार यादव by गणेश कुमार यादव
September 6, 2023
in मुख्य समाचार
0
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेले भने– ‘राजसंस्था जिन्दावाद, एमसीसी खारेज गर’
39
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहार गर्ने व्यक्ति श्याम सापकोटा राजसंस्थाप्रति आस्थावान रहेको खुलेको छ।

खुकुरी प्रहारपछि प्रहरीले उनलाई पक्राउ गर्दा उनले राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए। प्रहरीले पक्राउ गर्दैगर्दा उनले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भनेका थिए। सापकोटाले एमसीसी खारेज गर भन्दै कराएको पनि सार्वजनिक भएको भिडिओमा सुनिन्छ।

सापकोटको घर नुवाकोटको विदुर नगरपालिका–७ रहेको खुलेको छ। ४७ वर्षीय सापकोटा राजसंस्था चाहिने भन्दै कराएका थिए। यता सापकोटाको खुकुरी आक्रमणबाट घाइते भएका सहमहामन्त्री यावदको ट्रमा सेन्टरमा उपचार गराइएको छ।

खुकुरी प्रहार भएपछि उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएका यादवमाथि चोट लागेको अस्पतालले पुष्टि गरेको छ। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार यादवको टाउको र जिउमा चोट लागेको छ।

‘चोट ठूलै देखिन्छ। सिटी स्क्यान गर्न पठाइएको छ। सिटी स्क्यानपछि उपचारको थप उपचार प्रक्रिया अघि बढ्छ’ रिजालले नेपाल लाइभसँग भने।

काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुन गएका बेला यादवमाथि खुकुरी प्रहार भएको थियो।

श्राेत : नेपाल लाइभ

Previous Post

वेपत्ता भएका चिकित्सकको सव भेटियो

Next Post

हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

Next Post
लुटपाटमा संलग्न दुई जना पक्राउ

हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1683 shares
    Share 673 Tweet 421
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist