चन्दन रौनियार
दुहबी /सुनसरीको दुहबी बाट दुई जनालाई सामाजिक सद्भाव खलल पार्ने किसिमको भिडियो बनाई पोष्ट गर्ने दुई व्यक्तिलाई दुहबी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।फेशबुक टिकटकमा दुईदिन देखि भाईरल भएको फोटो भिडियो लगायतका सामाजिक सञ्जालहरुमा जनावरको टाउको हातमा लिएको भिडियो सार्वजनिक भएको चौतर्फी दवाव आएपछि इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलिले भिडियो बनाउने र जनावरको टाउको बोक्ने दुवैजनालई नियन्त्रणमा लिएकाे हाे ।
दुहबी नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षको मु.मुख्तार र दुहबी ६ कै २५ बर्ष जिया हुसेन दुई जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।
दुहबीमा गाई काटिएको भनेर दुई दिन देखी यो mukhtaralam546 टिकटक आइडिबाट भिडियो भाइरल भएको थियोे । जसले जुन टिकटक आइडिवाट टीकटकमा पोस्ट गरेको थियो।उसले अहिले यो पोस्ट डिलिट गरेको छ ।