ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

‘विरासत फर्काउने’ गच्छदारलाई अन्तिम अवसर

गणेश कुमार यादव by गणेश कुमार यादव
March 2, 2026
in मुख्य समाचार
0
‘विरासत फर्काउने’ गच्छदारलाई अन्तिम अवसर
43
SHARES
Share on FacebookShare on Twitter
सुनसरी । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी–३ मा चुनावी सरगर्मी चुलिँदैछ। नेपाली कांग्रेसका तर्फबाट विजयकुमार गच्छदार आठौँपटक चुनावी मैदानमा उत्रिएका छन्।

उनी ‘गुमेको विरासत’ फर्काउने अभियानमा घरदैलो गर्दै मतदातासँग सक्रिय संवाद गरिरहेका छन्। गच्छदारले स्थानीय विकास, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता र आफ्नो अनुभवलाई मुख्य एजेन्डा बनाएका छन्।

उनले आफू अघिल्लोपटक पराजित भएकाले विकास नभएको र आफ्नो अनुभवले विकास निर्माण गर्ने बताउँदै आएका छन्।

दुई दशकभन्दा बढी समयसम्म सुनसरी–३ बाट विजयी हुँदै आएका नेपाली कांग्रेसका गच्छदार २०७९ सालको निर्वाचनमा एमाले नेत्री भगवती चौधरीसँग पराजित भएपनि त्यस हारलाई उनले ‘जनताको असन्तुष्टि बुझ्ने अवसर’का रूपमा लिएका छन्। यसपटक गच्छदार पुनरागमनको दाउमा छन्।

‘यो मेरो उम्मेदवारी अन्तिम पटक हो। यसपटक फेरि विश्वास गरेर जनताले जिताइदिनुहुन्छ भन्ने आत्मविश्वास छ,’ उनले भने।

खासगरी उनले आफ्नो जीवनकालमा अन्तिमपटक चुनावी अभियानमा होमिएको भन्दै मतदाताको भावना समेट्दै घरदैलो र प्रत्यक्ष संवादमार्फत जनता ‘क्याच’ गरिरहेका छन्।

गच्छदारले २०४८ देखि २०७४ सम्म विभिन्न पार्टीबाट (कांग्रेस, मधेशी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक) जित हात पारिसकेका छन्। यसपटक उनी अधुरा सिँचाइ आयोजना, सडक विस्तार, स्वास्थ्य केन्द्र र शिक्षा पूर्वाधार पूरा गर्ने प्रतिबद्धतासहित मतदातासँग छन्।

०४८ सालदेखि निरन्तर चुनाव जितेका उनी ०७९ को निर्वाचनमा मात्रै पराजित बनेका थिए। गच्छदारका लागि यसपटकको चुनाव प्रतिष्ठाको लडाइँ मात्र होइन, राजनीतिक विरासत जोगाउने अन्तिम अवसरका रूपमा हेरिएको छ।

एमालेकी भगवती चौधरीले आफ्नो विकास कार्ड र भ्रष्टाचारविहीन छवि प्रस्तुत गर्दै मतदाताको आकर्षण बढाइरहेकी छन्। उनी चौथोपटक प्रतिस्पर्धामा उत्रिएकी हुन्।

दुईपटक कांग्रेसका गच्छदारसँग पराजित भएकी उनी ०७९ को निर्वाचनमा भने जित निकालेकी थिइन्। यसपटक उनले विकास योजना सञ्चालन गरेको बताउँदै निर्वाचनमा होमिएकी छन्।

‘म कसैलाई झुठो आश्वासन दिन्न। अरू उम्मेदवारको आलोचना पनि गर्दिन,’ चौधरी भन्छिन्, ‘म सुशानको पक्षमा, भ्रष्टाचारका विरूद्वमा कठोर छु।’

यसैगरी रास्वपाका अशोक चौधरी ‘नयाँ विकल्प’को नाम लिएर मतदाता आकर्षित गर्ने रणनीतिमा छन्।

वैकल्पिक मत र देशभर रास्वपामा आएको लहरले नै चुनाव जित्ने उनको तयारी छ। ‘रास्वपाले बहुमत ल्याउनेगरी तयारी गरिरहेको छ। यसमा जनताले साथ दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने।

कांग्रेस, एमाले र रास्वपाका तीनै व्यक्तिले संसदीय अनुभव लिइसकेका छन्।

नेकपाका दुर्गेशकुमार चौधरीले कम्युनिस्ट विकल्प प्रस्तुत गर्दै आफ्नो उपस्थिति रहेको बताउँदै आएका छन्। अहिले एमालेको देशभर मत घट्दै जाँदा कम्युनिस्ट विचारधारका मतदाताले आफूलाई मत दिने उनको दाबी छ।

थारू समुदायको बाहुल्य क्षेत्र भएकाले जातीय मत समीकरण निर्णायक मानिन्छ।

सुनसरी ३ अन्तरगर्त दक्षिण क्षेत्रमा पर्ने सुनसरीको बर्जु, गढी र दुहबीजस्ता क्षेत्रका मत विभाजन मिश्रित हुनसक्छ। तर, सुनसरी–३ मा पर्ने इटहरी उपमहानगरपालिकाका ६–१५ नम्बर वडाहरू निर्णायक मानिएका छन्। जहाँ मतदाताको झुकावले अन्तिम नतिजामा ठूलो प्रभाव पार्ने देखिन्छ।

कांग्रेसबाट गच्छदार आठौँपटक प्रतिस्पर्धा गर्दा एमालेकी भगवती चौधरी चौथोपटक प्रतिस्पर्धामा उत्रिएकी छन्।

यसैगरी रास्वपाका अशोक चौधरी, नेकपाका दुर्गेशकुमार चौधरी, राप्रपाका घनश्याम गुरुङ, श्रम संस्कृति पार्टीका रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी नेपालका किशोरकुमार विश्वासलगायत २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यस क्षेत्रबाट ०७९ को निर्वाचनमा एमालेकी चौधरीले ४० हजार ७८८ मत पाएर विजयी भएकी थिइन्। कांग्रेसका गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरेका थिए। निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३३ हजार ९०२, कांग्रेसले २९ हजार ६८०, रास्वपाले ६ हजार ८३८ र नेकपाले ३ हजार ९७५ मत प्राप्त गरेका थिए।

४४ मतदानस्थल र १४६ मतदान केन्द्र रहेको यस क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदाता छन्। जसमध्ये पुरुष ६९ हजार १२ र महिला ६५ हजार २९० रहेका छन्।

सुनसरी ३ मा इटहरी उपमहानगरपालिकाको ६–१५ वडा, दुहवी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र इनरुवा नगरपालिकाको वडा ७ समेटिएको छ।

साभार : टाकुरा न्यूज

Previous Post

रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’

Next Post

अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

Next Post
अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1519 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist