ADVERTISEMENT
Sunday, May 10, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विश्वप्रसिद्ध ब्रान्डको नक्कल गर्ने नेपाली उद्योगलाई सरकारको ७ दिने अल्टिमेटम

गणेश कुमार यादव by गणेश कुमार यादव
March 18, 2026
in मुख्य समाचार
0
विश्वप्रसिद्ध ब्रान्डको नक्कल गर्ने नेपाली उद्योगलाई सरकारको ७ दिने अल्टिमेटम
37
SHARES
Share on FacebookShare on Twitter

४ चैत,काठमाडौं । नेपालमा आफ्नो ट्रेडमार्क (व्यापारिक चिन्ह) चोरी भएको भन्दै कोकाकोला, जुम, ह्युगो बोस जस्ता विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले उजुरी हालेपछि उद्योग विभागले आरोपित स्वदेशी कम्पनीसँग स्पष्टीकरण माग गरेको छ ।

यसअघि विभागले पठाएको म्याद सूचनालाई बेवास्ता गरी कुनै जवाफ नफर्काएका विभिन्न ११ वटा नेपाली उद्योग तथा कम्पनीलाई विभागले अहिले फेरि ७ दिनभित्र सप्रमाण उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेर अल्टिमेटम दिएको हो ।

विभागका अनुसार ट्रेडमार्क दाबी विरोध गर्दै उजुरी परेका ती उद्योग तथा कम्पनीहरूलाई यसअघि नै ‘संक्षिप्त कार्यविधि ऐन, २०२८’ बमोजिम उजुरीको प्रतिलिपीसहित म्याद सूचना पठाइएको थियो ।

तर, उनीहरूले हालसम्म कुनै पनि लिखित प्रतिक्रिया पेस नगरेको र म्याद तामेली प्रतिवेदनसमेत प्राप्त नभएपछि विभागले सूचना प्रकाशन गर्नुपरेको जनाएको छ ।

सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र कानुन शाखामा आइपुग्ने गरी लिखित जवाफ नआएमा कानुन बमोजिम एकतर्फी कारबाही अघि बढ्ने कडा चेतावनी विभागले दिएको छ ।

विभागले सार्वजनिक गरेको सूची अनुसार सबै ११ वटै उजुरी ‘ट्रेडमार्क दाबी विरोध’ सँग सम्बन्धित छन् । जसमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली उत्पादनमा आफ्नो नाम जोडिएको वा हुबहु नक्कल गरिएको दाबी गरेका छन् ।

विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी द कोकाकोला कम्पनी (अमेरिका) ले सुनसरीको प्रिमियर अर्गान्स प्रालि विरुद्ध ‘पलपल कोला’ ब्रान्ड राखेकोमा उजुरी गरेको छ । त्यस्तै कोकाकोलाले नै नेपालको पाथिभरा फुड एन्ड प्याकेजिङ उद्योगविरुद्ध पनि ‘कुल कोला’ र ‘सुपर फ्यान्टास्टिक’ उत्पादनविरुद्ध  दुईवटा छुट्टाछुट्टै उजुरी दर्ता गराएको छ ।

त्यसैगरी भिडियो कलिङ एप ‘जुम’ (जुम कम्युनिकेसन्स, अमेरिका) ले झापाको कविश मार्केटिङ प्रालिले उत्पादन गरेको ‘कविश जुम कस्मेटिक्स’ विरुद्ध ट्रेडमार्क चोरीको दाबी गरेको छ । जर्मनीको प्रख्यात लक्जरी ब्रान्ड ह्युगो बोसले झापाकै इमानुर फेसन वेयर इन्डस्ट्रिजविरुद्ध ‘बास’ ट्रेडमार्क प्रयोग गरेकोमा उजुरी दिएको छ ।

यस्तै, कार्टुन नेटवर्क लगायतको प्रख्यात मल्टिमिडिया कम्पनी टर्नर इन्टरटेनमेन्ट (अमेरिका) ले चितवनको नौलो फुड्स इन्डस्ट्रिजविरुद्ध ‘किङकर्न लोटरी’ र भक्तपुरको पवित्रा लक्ष्मी फुड प्रोडक्ट्सको ‘जेरिज कोन’ उत्पादन विरुद्ध उजुरी गरेको छ ।

यसैगरी, इनर्जी ब्रान्ड्स (अमेरिका) ले रुपन्देहीको एक्वा नेपाल बिसलेरीलाई ‘एएनबीएस गुड ड्रिंक्स’ र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेजलाई ‘डीजी स्मार्ट एचटुओ’ उत्पादनविरुद्ध उजुरी हालेको छ ।

न्युजिल्यान्डको प्रख्यात आउटडोर ब्रान्ड काठमाडौं लिमिटेडले काठमाडौंको ओम मंगलाकाली टेक्सटाइललाई ‘द ओन काठमाडौं’ ब्रान्डमा र विश्वप्रसिद्ध साइकल ब्रान्ड ट्रेक बाइसाइकल (अमेरिका) ले वीरगञ्जको टर्बो ट्रेकलाई ‘टर्बो ट्रेक’ ब्राण्डविरुद्ध उजुरी दिएका छन् ।

नेपालमा पछिल्लो समय बौद्धिक सम्पत्ति बढ्दै गए पनि विदेशी स्थापित ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर स्थानीय स्तरमा वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने प्रवृत्ति पनि उत्तिकै देखिएको छ ।

बहुराष्ट्रिय कम्पनीहरू आफैं अघि सरेर उजुरी दिएपछि चालिएको विभागको यो कदमले नेपालमा अन्तर्राष्ट्रिय तथा स्वदेशी ट्रेडमार्क संरक्षणमा थप कडाइ हुन थालेको संकेत दिएको छ ।

अनलाइन खबरबाटसाभार गरिएकाे।

Previous Post

नवयुग एकेडेमीमा पूर्व–विद्यालय तहको दीक्षान्त समारोह सम्पन्न

Next Post

कोशी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको १३ सदस्यीय तदर्थ समिति गठन

Next Post
कोशी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको १३ सदस्यीय तदर्थ समिति गठन

कोशी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको १३ सदस्यीय तदर्थ समिति गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist