इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गत कोशी गाउँपालिकामा १३ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको छ।
जिल्ला सभापति सागर दाहाल को अध्यक्षता तथा संगठन विभाग प्रमुख मोहन निरौला को प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिको संयोजकमा दुर्गानन्द यादव चयन भएका छन् भने सह–संयोजकमा फुलकुमारी राम, सचिवमा डा. रविन्द्र मण्डल र सह–सचिवमा श्यामसुन्दर यादव रहेका छन्।
त्यस्तै सदस्यहरूमा दुर्गा सुतीहार, इस्तेखर आलम, मुन्ना साह, शर्मिला चौलागाईं, प्रमोद कुमार साह, मुँगालाल मुखिया, देव नारायण उराव, उपेन्द्र खरका र डम्मर बजगाँई चयन भएका छन्।
नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीलाई स्थानीय स्तरमा थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।



