ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जाडोले जनजीवन प्रभावित परिवारलाई कम्बल

गणेश कुमार यादव by गणेश कुमार यादव
January 13, 2023
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
जाडोले जनजीवन प्रभावित परिवारलाई कम्बल
47
SHARES
Share on FacebookShare on Twitter

पुस २९ गते,इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ९ बबियाको मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई कम्बल वितरण गरेको छ । सितलहर र जाडोबाट अति प्रभावित अतिविपन्न २७ मुसहर परिवारलाई कम्बल प्रदान गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अतिविपन्न मुसहर परिवारलाई कम्बल प्रदान गर्नुभएको हो । शुक्रबार इनरुवा नगरपालिका ९ बबियाको प्रभावित मुसहरीका विपन्न र एकल महिला तथा जेष्ठनागरिकलाई घरघरमै पुगेर कम्बल वितरण गर्नुभएको छ । प्रजिअ यादवले २७ जना विपन्न परिवारलाई ३० वटा कम्बल प्रदान गर्नुभएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ ।
शीतलहरले जनजीवन प्रभावित भएपछि अति कष्टकर जीवन बाँचिरहेका र केहीले बोरा ओडेर समेत रात कटाईरहेको सूचना आएको अधारमा इनरुवा नगरपालिका–९ का अतिविपन्न २७ जनालाई एक÷दुई वटा कम्बल प्रदान गरिएको जानकारी प्रकाशान कार्याले दिएको छ ।
समितिको स्रोतबाट कम्बल प्रदान गरिएको जनाएको छ । कम्बल वितरण कार्यक्रममा प्रजिअ यादव सहित जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई, गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष मेघराज न्यौपाने, प्रशासकीय अधिकृत तथा सर्वसाधारणको सहभागिता थियो । अति आवश्यक देखिए अन्य ठाउँका विपन्नलाई पनि सहयोग गर्न प्रशासन तयार रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
विगत दुई हप्तादेखि अत्यधिक मात्रामा जाडो बढेको र दिनभर घाम नलाग्दा घरबाट बाहिर निस्कन पनि अप्ठ्यारो भएपछि एकसत्तायता संस्थागत तथा सामुदायिक विद्यालयमा समेत जाडो बिदा दिएको छ ।
बोरा ओडेर रात बिताउनेले कम्बल पाएपछि भए खुसी
इनरुवा नगरपालिका ९ बबियाको मुसहरी सतैर बबिया टोलकी ८० वषिर्या बोदोदेवी ऋषिदेव जाडोबाट जोगिनका लागि ओढ्ने ओच्छउाने नभएपछि महिनौदेखी कपासको बोरा ओडेर रात बिताउदै आउनुभएको थियो । सोही विषयमा जानकारी पाएर सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार ओढ्ने र ओच्छाउने दुई थान कम्बल प्रदान गर्नुभएपछि ऋषिदेवको अनुहारमा सुखि देखियो । सुकुम्बासी त्यसमाथि जेष्ठ नागरिक र आर्थिक विपन्नताले न्यानो कपडा किन्ने पैसा नभएपछि बोरा ओडेर रात कटाउने र दिनमा घुर बालेर बस्ने गरेकोमा कम्बल पाएपछि ऋषिदेवको खुसीको सिमा नै रहेन । उहाँले मुसहर परिवारलाई पनि सरकारले कम्बल प्रदान गर्ने भन्ने सोच्नुपनि भएको थिएन तर घरमै दुई थान कम्बल लिएर सरकारी अधिकारी पुगेपछि राहतको महसुस भएको बताउनुभयो ।
बोरा ओडेर रात विताउने ऋषिदेव सहित मुसहरीका विपन्नलाई कम्बल वितरण कार्यक्रममा गैरसरकारी संस्था महासंघका सदस्य सरिता कार्की घिमिरे, पत्रकार जयकृष्ण यादव र गणेश यादव लगायतको सहभागिता थियो ।

Tags: इनरुवाकम्बल बितरणजाडोले जनजीवन प्रभावित
Previous Post

फ्रि भिसा फ्रि टिकट भन्दै लाखौं ठगी गरेकाे मेहतालाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालयमा उजुरी

Next Post

गुणस्तरहीन सडक निरीक्षण गर्न इनरुवाका राजनीति दल

Next Post
गुणस्तरहीन सडक निरीक्षण गर्न इनरुवाका राजनीति दल

गुणस्तरहीन सडक निरीक्षण गर्न इनरुवाका राजनीति दल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist