गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि दुर्व्यवहार भएको आरोपपछि विद्यार्थीहरू आन्दोलित बनेका छन्।
विद्यालयको लेखा शाखामा कार्यरत शिक्षक सुरेश मेहताले छात्राहरूसँग अनुचित व्यवहार गर्ने, विभिन्न प्रलोभन देखाउने तथा परीक्षामा पास गराइदिने बहानामा दबाब दिने गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्। केही छात्राहरूले यस्ता गतिविधि लामो समयदेखि हुँदै आएको दाबी समेत गरेका छन्।
घटनाको विरोधमा सोमबार विद्यार्थीहरूले विद्यालय परिसरबाट प्रदर्शन गर्दै इनरुवा नगरपालिका पुगेका थिए नगरपालिका परिसरमा समेत विराेध प्रदर्शन गर्दा नगरपालिकाका जिम्मेवार व्यक्तिहरु नआएपछि विद्यार्थिहरुले इनरुवा-४ स्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग जामगरि टायर बालेर प्रदर्शन गरेका थिए।
मंगलबार बिहान १० बजेसम्ममा आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा नलिए थप आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन्।
आराेपित शिक्षकलाई साे विद्यालयबाट निकाली कानुन अनुसार कार्वाही गर्नुपर्ने र सामुहिक रुपमा माफि मागाउने विद्यार्थीहरुले माग राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे जाहेरी प्राप्त भइसकेको र शिक्षक मेहतामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ। सत्यतथ्य छानबिनपछि दोषी देखिए कानुनी कारबाही गरिने लिल्ला प्रह री कार्यालय सुनसरीले जनाएकाे छ ।
यस विषयमा विद्यार्थीहरूले जानकारी गराएपछि विद्यालय प्रशासनले शिक्षक मेहतासँग स्पष्टीकरण सोधिएको जनाएको छ। विद्यालयका प्रधानाध्यापक रामसागर मेहताका अनुसार छानबिनमा दोष प्रमाणित भए विभागीय कारबाही गरिनेछ।
घटनाबारे प्रतिक्रिया लिन शिक्षक सुरेश मेहतासँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।



