ADVERTISEMENT
Tuesday, January 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विजय साह ह’त्या प्रकरण : सशस्त्रका गणपतिसहित ३६ प्रहरी तानिए

गोली हान्नेलाई मुद्दा चलाइयो

गणेश कुमार यादव by गणेश कुमार यादव
January 7, 2026
in मुख्य समाचार, समाचार
0
विजय साह ह’त्या प्रकरण : सशस्त्रका गणपतिसहित ३६ प्रहरी तानिए
51
SHARES
Share on FacebookShare on Twitter

रत्नप्रसाद आचार्य
सुनसरी। सुनसरीको कोशी गाउँपालिका–लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनापछि प्रहरीमा व्यापक हेरफेर भएको छ। सशस्त्र प्रहरी बलको ४ नम्बर गण, सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सहित बोडर आउट पोस्ट लौकहीमा कार्यरत सबै ३६ जना सशस्त्र प्रहरीलाई तानिएको छ । घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले छुट्टै छानबिन समिति गठन गरेको हो । स्थानीयवासीहरू आक्रोशित भई विरोध प्रदर्शनमा उत्रिएपछि ४ नम्बर गण सुनसरीका गणपति एसपी निर्मल कुमार थापालाई सशस्त्र प्रहरी बलको बराह बाहिनी, पकलीमा तानिएका छन् । थापाको स्थानमा सशस्त्र प्रहरीका अर्का एसपी ज्ञानमणि पौडेललाई खटाइएको पकलीका बाहिनीपति डिआईजी कुमार न्यौपानेले जानकारी दिए । त्यस्तै, बोडर आउट पोस्ट लौकहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक मनिष कटवालसहित ३५ जना सशस्त्र प्रहरीको सेट नै परिवर्तन गरिएको छ । कटवालको स्थानमा नयाँ सशस्त्र प्रहरी निरीक्षक भुपाल खड्का सहित ३५ जना प्रहरी लौकहीमा खटाइएको डिआईजी न्यौपानेले बताएका छन् । साहमाथि गोली प्रहार गर्ने सशस्त्र प्रहरी हबल्दार नवराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए । गत बुधबार राति कोशी गाउँपालिका–लौकहीस्थित सशस्त्र प्रहरी बलको ३ नम्बर पोस्ट नजिक भारतबाट तस्करीको चिनी लिएर नेपालतर्फ आउँदै गरेका साहलाई ड्युटीमा रहेका सशस्त्र प्रहरी हबल्दार खतिवडाले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रबिनराज कर्णजितको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेको अर्को तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । दुबै समितिले घटनाको गहिरो छानबिन गरिरहेको जनाएका छन् । सशस्त्र प्रहरीले भारतबाट तीनवटा अटो र एउटा सिटी सफारी नेपालतर्फ आउँदै गर्दा अगाडिको अटोबाट सशस्त्र प्रहरीलाई लक्षित गरी गोली प्रहार भएपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गर्नुपरेको दाबी गरेको छ । घटनापछि सशस्त्र प्रहरीमाथि मुद्दा दर्ता हुनु र सामूहिक सरुवा गरिनुले फिल्डमा कार्यरत प्रहरीको मनोबल घट्ने भन्दै केही सशस्त्र प्रहरी कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्

Tags: गोली प्रहारगोली हान्नेलाई मुद्दाविजय साह हत्या प्रकरणशस्त्र प्रहरीकाे गाेली लागेर विजय साहकाे मृत्यु
Previous Post

शिक्षक सुरेश मेहताले छात्रा दुर्व्यवहारको गम्भीर आरोप, विद्यार्थी आन्दोलित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist