अर्जुन खड्का
दुहबी १८ चैत्र । दिपज्योती युवा क्लव पचिराले आयोजना गरेको दोश्रो सिल्ड कप समैयाघाट फुटवल प्रतियोगिता हिजो देखी सुरु भएको छ। समैयाघाट फुटवल ग्राउण्डमा जारी उक्त प्रतियोगिता को प्रमुख अतिथि दुहबी नगर प्रमुख बेदनारायण गच्छादारले पानसमा दिप प्रज्वलन गरी बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए। ।
उद्घाटन खेल भलुवा फुटबल क्लव र मिर्मिरे फुटवल क्लव बेलबारी बिच रहेको थियो। भलुवा क्लव ले मिर्मिरे क्लव बेलबारी लाइ २–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रबेश गरेको छ। भलुवाका जर्सि नम्बर ३ सुरेश चौधरीले २ गोल गरे। म्यान अफ द म्याच भलुवाका सुरेश चौधरी घोषित भएका थिए।
उनलाइ प्रमुख अतिथि नगर प्रमुख बेद गच्छादारले रु १ हजार नगद र सिल्ड प्रदान गरेका थिए। प्रमुख अतिथि गच्छादारले दुहबीमा खेलकुद क्षेत्रमा धेरै लगानी गरेर खेलाडी प्रवर्धन गरेको जनाएका छन । दिप ज्योति युवा क्लव का अध्यक्ष पुनम चौधरी ले धेरै संघर्षका बाबजुद क्लवले खेल क्षेत्रमा सहारनिय कार्य गर्दै आएको जनाए।
प्रतियोगिता को फाइनल खेलको बिजेता लाइ रु १५ हजार नगद , सिल्ड र ट्रफी साथै दोश्रो टिम लाइ नगद १० हजार , ट्रफी र सिल्ड रहेको अध्यक्ष पुनम चौधरी ले जनाए।