अजितकुमार झा
फागुन १८ गते,इनरुवा । सुनसरी दरमुकाम इनरुवा नगरपालिका क्षेत्र भित्रमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ ।
इनरुवा नगरपालिकाले आज सरोकारवालासंगको अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर फागुन २२ गते देखि ३० गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
नगर क्षेत्रमा खोप अभियान सञ्चालनका लागि ९२ वटा खोप लगाउने बुथ निर्धाण गरिएको इनरुवा नगरपालिकाका स्वास्थ्य शाखाका सन्तोष देवले जानकारी दिनुभयो । नगर क्षेत्र भित्र खोप अभियान सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति परिचालन गरिएकाृे समेत उहाँले जानकारी दिनुभयो ।
अभियानका लागि खोप केन्द्रमा परिचालित हुने इन्चार्जलाई अभिमुखिकरण, विद्यालयका शिक्षक, स्वमसेवक, स्वास्थ्य व्यवस्थापन लगायतलाई अभिमुखिकरण लगायतको कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उप–प्रमुख बिनिता मेहता, इनरुवा ५ का वडाध्यक्ष अनिल पोखरेल, कार्यपालिका सदस्य बिनोद अटल, योगेन्द्र शर्मा, निमित प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, स्वास्थ्य शाखाका निखिल पोखरेल लगायतको सहभागीता रहेको थियो ।