ADVERTISEMENT
Tuesday, March 3, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

गुणस्तरहीन सडक निरीक्षण गर्न इनरुवाका राजनीति दल

गणेश कुमार यादव by गणेश कुमार यादव
January 15, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
गुणस्तरहीन सडक निरीक्षण गर्न इनरुवाका राजनीति दल
61
SHARES
Share on FacebookShare on Twitter

माघ १ गते ,इनरुवा । सुनसरीको इनरुवा-४ मेहता टाेलमा दुई महिना अघि निर्माण सम्पन्न भएकाे सडक गुणस्तरहीन भएकाे समाचार आएपछि राजनीतिक दलहरूले संयुक्त स्थलगत निरीक्षण गगेकाे छ । शनिबार नेकपा माओवादी केन्द्र ,एमाले, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले इनरुवा-४ मेहता टाेलमा पुगि सडकको स्थलगत निरीक्षण गरेकाे हाे ।

दुई महिना अगाडि उक्त सडकाे निर्माणकार्य सम्पन्न भएकाे थियाे  । दुई महिना बित्तिकै सडकाे कालाेपत्रे उक्किन थालेपछि स्थानीय मिडियामा समाचार आएपछि सत्यतथ्य बुझ्न र  दोषीलाई कार्वाही गर्न  सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनका लागि नेकपा माओवादी केन्द्र ,एमाले, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा स्थलगत   निरीक्षण गरेकाे नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्ष ताेया गिरि पाेद्दारले जानकारी दिइन् ।

दुई महिना नबित्दै सडककाे कालाेपत्रे उक्किन थालेकाे र उपभोक्ता समिति तथा स्थानीय हरुकाे गुनासाे अनुसार गुणस्तरहीन काम भएकाे साथै दोहोरो भुक्तानी समेतभएकाे गिरिले जानकारी दिइन् ।

गिरिले भने “नगर भित्रको विकास योजना हरुमा यस्तो प्रकरको भ्रष्टचार को कुरा आयो रहदा स्थानिय सरकार किन मौन छ ?,`  किन तुरुन्त एक्सन लिन सक्दैनन्?”

गुणस्तरहीन काम भएकाे र दाेहाेराे भुक्तानी समेत लिएकाे कुरा यत्रतत्र चर्चामा रहिरहँदा समेत नगर प्रमुखले केही ठाेक कदम नउचाल्नु दुखद कुरा रहेकाे गिरिले भनिन्  ।

एता वडाध्यक्ष र नगरपालिकाका इन्जिनियरले धम्की र त्रास देखाएर आफै सडक बनाएर आफै भुक्तानी लिएको   उक्त सडकाे उपभोक्ता समितिका अध्यक्ष  उमेश मेहताले संचारकर्मी संग कुराकानी गर्दै जानकारी दिनुभयो  ।

बाटो निर्माणका लागि नगरपालिकासँग उपभोक्ता समितिको सम्झौता भएपनि वडाध्यक्ष बौवालाल मेहता र योजना शाखाका इन्जिनियर उमेश्वर मेहताले उपभोक्ता समितिलाई दवाव दिई आफै काम गरेर आफै भुक्तानी लिएको उपभोक्ता समितिका अध्यक्ष  मेहताले जानकारी दिनुभयो ।

https://youtu.be/oR12_oMp4QE
बाटो निर्माण उपभोक्ता समितिले भुक्तानी दिन प्रयोगको चेक बुकको अर्धकट्टीमा इन्जिनियर मेहताको नाममा ३५ लाख रुपैयाको चेक काटिएको देखिएको छ ।

२०७९ कार्तिक २१ गते काटिएको चेक निर्माण गर्ने सडक निर्माण गर्ने मानिसको नाममा काटिनु पर्नेमा नगरपालिकाका इन्जिनियरको नाममा वडाध्यक्ष र स्वयम इन्जिनियर मेहताले चेक नकाटे उल्टै कानूनी झण्झटमा फसाउने डरधाक देखाएर आफूसँग चेक काट्न लगाएको अध्यक्ष मेहताले जानकारी दिनुभयो ।

वडाध्यक्ष मेहताले उपभोक्ता समितिका अध्यक्ष मेहतालाई आफूहरुले काम गर्न नपाए सडक नबन्ने, चाँजपास नगरपालिकाबाट नहुने र आफूखुसी गरेमा अख्तियार लगाएर कारवाही गराउने धम्की दिएपछि बाध्य भएर आफूहरुले उनीहरुको मागअनुसारको रकमको चेकमा सही गरेको अध्यक्ष मेहताले जानकारी दिनुभयो ।

त्यस्तै इनरुवा- ४ को पिपल चोकदेखि होलीसम्म निर्माण भएको ६ सय ८७ मिटर लामो सो कालोपत्रे सडक निर्माणको क्रममा चार वर्षअघि नै ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम सम्पन्न भएर त्यसको भुक्तानीसमेत नगरपालिकाले गरिसकेको स्थितिमा अहिले डब्लुबीएम, बेस हाल्ने क्रममा पुरानो ग्रावेलको पैसा भुक्तानी भएको छैन भन्दैे उपभोक्ता समितिबाट चेक काट्न लगाई दोहोरो भुक्तानी गरिएको समेत पाईएको छ ।

सो सडक निर्माणमा इनरुवा नगरपालिकाका साइट हेर्ने सब इन्जिनियर चन्दन कण्ठले ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम चार वर्ष अघि नै सम्पन्न भएको र त्यसको भुक्तानी पनि पहिला नै भएको जानकारी दिनुभयाे ।

आठ वटा विजुलीको पोल सार्न ५ हजारको दरले ४० हजारमा जिम्मेवारी दिएको भएपनि वडाध्यक्षले दवाव र धम्की दिएर ६० हजार रुपैया जवरजस्ती भुक्तानी गराउन लगाएको समेत उपभोक्ता समितिका अध्यक्ष मेहताले जानकारी दिनुभयो । याे पनि हेर्नुहाेस्

उनले आफूहरुले सस्तोमा सडक निर्माण गर्न अरु निर्माण कम्पनीसँग कुरा गरिरहँदा वडाध्यक्ष मेहता र इनरुवा नगरपालिकाका इन्जिनियर उमेश्वर मेहताले उपभोक्ता समितिलाई जानकारीसमेत नदिई आफूखुसी काम सम्पन्न गरेको बताउनुभयाे।

उक्त सडक निर्माणको लागि उपभोक्ता समिति र नगरपालिकाबीच २०७९ असार ९ गते निर्माणको सम्झौता भएको थियो भने पुस ११ गते अन्तिम भुक्तानी भईसकेको छ ।

सडक बोर्ड काठमाडौको बजेटमा उपभोक्ताको समेत लागत सहभागितासहित ८८ लाख ८० हजार ७६५ रुपैया ३ पैसामा निर्माण सम्झौता भएकोमा नगरपालिकाले अन्तिम भुक्तानीसहित ८० लाख ६४ हजार ३०८ रुपैया ४७ पैसा भुक्तानी गरिसकेको जनाइएको छ ।

उपभोक्ता समितिका अध्यक्ष मेहताका अनुसार सो सडक निर्माणका लागि पहिला नै बनेको उपभोक्ता समितिलाई विघठन गराएर वडाध्यक्ष मेहताले नयाँ उपभोक्ता समिति बनाएकाे थियाे ।

Tags: इनरुवाइनरुवा नगरपालिका
Previous Post

जाडोले जनजीवन प्रभावित परिवारलाई कम्बल

Next Post

इनरुवामा मकर सङ्क्रान्ति उत्सव कार्यक्रम

Next Post
इनरुवामा मकर सङ्क्रान्ति उत्सव कार्यक्रम

इनरुवामा मकर सङ्क्रान्ति उत्सव कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist