ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीले निकाल्याे युक्त विज्ञप्ती

गणेश कुमार यादव by गणेश कुमार यादव
February 12, 2023
in मुख्य समाचार
0
नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीले निकाल्याे युक्त विज्ञप्ती
52
SHARES
Share on FacebookShare on Twitter

माघ २९ गते,इनरुवा । नेपाल निजामती कर्मचारी संगठन,सुनसरी र नेपाल निजामती कर्मचारी युनियन,सुनसरीले संयुक्त विज्ञप्ती निकालेकाे छ ।

नेपाल निजामती कर्मचारी संगठन,सुनसरी का अध्यक्ष चिनेश्वर मेहता र नेपाल निजामति कर्मचारी युनियन,सुनसरीका अध्यक्ष निखिल पाेखरेलले संयुक्त रुपमा उक्त विज्ञप्ती आइतबार निकालेकाे हाे ।

माघ २६ गते विहिवारका दिन इनरुवा अस्पतालमा विरामी कुरुवाले चिकित्सक सम्पर्क गर्न खोज्दा विरामी कुरुवा र चिकित्सक विच भएको सामान्य विवाद लाई अतिरन्जीत गरी भोक्राहा नरसिंह गाउँपालिकामा कार्यरत वडा सचिव शिव नारायण यादवलाई जिल्ला अस्पताल प्रशासनले हिरासतमा लिई कार्यवाही गर्न जिल्ला प्रहरी कार्यालयमा पठाएको पत्र प्रति आपत्ति प्रकट गर्दै उक्त विज्ञप्ती निकालेकाे नेपाल निजामती कर्मचारी युनियन सुनसरीका अध्यक्ष निखिल पाेखरेलले जानकारी दिनुभयाे ।

“राष्ट्रसेवक कर्मचारीहरु विच आपसमै बसेर समस्याको निकाश निकाल्ने प्रशस्त मार्गहरु हुंदा हुंदै अस्पताल प्रमुख डा. देवराज घिमिरेले दुवै पक्ष विच समझदारी गराई सके पश्चात साथै सवै पक्ष संग बसेर समस्याको समाधान निकाल्ने भनि छलफल भएको भोलि पल्टनै फेरी अस्पताल प्रमुखले नै राष्ट्रसेवक कर्मचारी शिवनारायण यादवलाई अपराधि जस्तो व्यवहार गरिनुले सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरुको मनोवल घटने कुरामा दुई मत छैन, साथै अस्पतालका कर्मचारीहरुको पनि काम प्रतिको लगाव र उत्साह घट्न सक्ने कुरामा हामि चिन्तीत छौं ।” संयुक्त विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

उक्त विज्ञप्तिमा “सहकार्य र कर्मचारी एकताबाट नै हामिले जनताले चाहेको सेवा प्रवाह गर्न सक्छौ भन्ने कुरामा सचेत हुन अस्पताल प्रशासन लाई जानकारी गराउन चाहन्छौं । साथै आगामी दिनमा कर्मचारी सम्बन्धमा कुनै पनि समस्या समाधानका लागि जिल्लामा रहेका निजामती कर्मचारीहरुको क्रियाशिल ट्रेड युनियनहरु सँगको सहकार्य लाई निरन्तरता दिन हुन जिल्ला स्थित सम्पुर्ण कार्यालय प्रमुख ज्यूहरु सँग आग्रह गर्न चाहन्छौं ।”समेत उल्लेख गरिएकाे छ ।

अस्पतालमा उपचारका लागि ल्याएका बिरामिका कुरुवाले डक्टर नभेटेपछि ड्युटीमा भएकी नर्ससँग नम्बर लिएर फोन गरेका थिए । तर, डक्टर सम्पर्क नर्सले गर्ने हो भन्दै बिरामीका आफन्तलाई जवाफ फर्काए । त्यहीबाट, विवाद सुरु भएकाे थियाे ।

Previous Post

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

Next Post

उधोग बाणिज्य संघ इनरुवा सुनसरीको अध्यक्षमा पुनः साह

Next Post
अन्तर्राष्ट्रिय आप्रवासी  कामदार दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम

उधोग बाणिज्य संघ इनरुवा सुनसरीको अध्यक्षमा पुनः साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1514 shares
    Share 606 Tweet 379
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist