ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, सांसद चौधरीले गरे उद्घाटन ट्रमा सेन्टर बनाएरै छोड्ने प्रतिवद्धता 

गणेश कुमार यादव by गणेश कुमार यादव
October 14, 2023
in मुख्य समाचार
0
चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, सांसद चौधरीले गरे उद्घाटन ट्रमा सेन्टर बनाएरै छोड्ने प्रतिवद्धता 
45
SHARES
Share on FacebookShare on Twitter
२७ असोज
पश्चिम नवलपरासी ।  पश्चिम नवलपरासीको बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो । शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउनेछन् ।
नवलपरासी-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने जोड दिँदै आएका छन् । चौधरी फाउण्डेसनको सहयोगमा अस्पताललाई विशिष्टिकृटत सेवा दिने अस्पतालका रुपमा काम भइरहेका बेला शनिबारदेखि सबल केन्द्रको पनि उद्घाटन भएको हो ।
सिजी  सबल केन्द्रबाट हालसम्म करिव एक हजार जना लाभान्वित भइसकेका छन् । केन्द्रले निशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउँदै आएको छ ।
सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई ध्यानमा राखेर मानवीय सेवाभावले चिसापानी अस्पतालमा सबल केन्द्र स्थापना गरेका हुन् । निर्वाचनका बेला यहाँका नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्यसेवाको व्यवस्था गर्ने घोषणा गरेका नेता चौधरीले नवलपरासीमा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका छन् ।
चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ । साथै अस्पताललाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउने फाउण्डेसनको प्रतिवद्धता छ । सांसद चौधरीले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने जनाएका छन् । उनले ट्रमा सेन्टर स्थापनाका लागि सोहि क्षेत्रकै कतिपय नेताहरुले अवरोध गरेको उल्लेख गर्दै आफू यसअभियानबाट पछाडि नहट्ने प्रतिवद्धता जनाए । ‘यो अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी काम हुन्छ । यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण साथ सहयोग हुन्छ,’ उनले भने, ‘ट्रमा सेन्टर बनाउन यँहिकै केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको छु । तर यो मेरो प्रतिवद्धता हो कि म बनाएरै छोड्छु ।’
बर्दघाट नगरपालिकाका मेयर शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘म यसका लागि फाउण्डेसनलाई धन्यवाद दिन चाहन्छु । र अस्पताललाई उत्कृष्ट बनाउन नगरपालिकाले सहयोग गर्नेछ ।’
सांसद चौधरीकै पहलमा सरकारले चिसापानी अस्पतालसहित नवलपरासी १ का तीन वटा स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । यसअघि चिसापानी अस्पतालमा टोकन प्रणालीबाट सेवा लिने व्यवस्था सुरु भइसकेको छ ।
Previous Post

प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

Next Post

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए

Next Post
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1521 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist