इनरुवा । सुनसरीमा उद्योगी व्यवसायीहरुको तर्फबाट राजस्व सहित बजारको शान्ती, सुरक्षा र नागरिकको जनहित सहितको पक्षमा काम गरेर जिल्ला प्रशासन कार्यालयलाई सघाएको भन्दै उद्योग बाणिज्य संघ इनरुवा र उद्याेग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्रकुमार साहलाई सम्मान गरेको छ ।
शुक्रबार सुनसरी जिल्लामा उद्योग बाणिज्य संघ इनरुवालाई संस्थागत सहित र संघका अध्यक्ष वीरेन्द्रकुमार साहलाई जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्मान गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले पहिलाे पटक सुनसरीमा उवासंघलाई सम्मान गरेकाे उवासंघ इनरुवाले जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरुवा भएर जादै गर्दा नमुना उदाहरणीय तथा पहिलो नयाँ अभ्यासको सुरुवात स्वरुप व्यवसायीले समग्र शान्ति सुरक्षा कायम गर्न र सफल भविष्यको कामना सहित हार्दिक बधाई ज्ञापन व्यक्त गर्नुहुदै सम्मान गर्नुभएको थियोे ।
त्यसैगरी उद्योगी व्यवसायीहरुको तर्फबाट उवासंघ इनरुवाले पनि सरुवा हुनुभएकी प्रजिअ पाण्डेलाई सफल कार्यकाल विताएकोमा सम्मान सहित विदाई समेत गरिएको थियो ।
प्रजिअ पाण्डेलाई जिल्ला विभिन्न संघसंस्थाले पनि सम्मान गर्दै विदाई गरेकाे थियाे ।