ADVERTISEMENT
Thursday, December 11, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नाला निर्माण र सडकको मर्मत सम्भार भएपछि स्थानीयवासीलाई सहज

गणेश कुमार यादव by गणेश कुमार यादव
February 27, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
नाला निर्माण र सडकको मर्मत सम्भार भएपछि स्थानीयवासीलाई सहज
53
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा, इनरुवा
फागुन १५ गते,इनरुवा। सुनसरी सदरमुकाम इनरुवा २ घर भई इनरुवा १ मा भाडाको घरमा बस्दै आउनु भएका मनोजकुमार मेहतालाई घर अगाडि पानी निकासीका लागि ढल(नाला) नहुदा समस्या हुदै आएको थियो ।

बर्षाका बेलामा पानी पदर्था बाटोमा पानी जमनुका साथै सडकको पानी बाहिर निकासी नहुदा निकै समस्या रहेको थियो । पानीका लागि ढल निकास(नाला) नहुदा घरबाट निस्कने पानी कहाँ बगाउने बिषय दैनिकी समस्याको रुपमा रहदै आएको थियो । नाला नभएका कारणले घरको पानी अर्काको जग्गामा बगाउदा दैनिक झग्डा हुने समस्याले समेत सताइरहेको थियो ।

तर पछिल्लो समय इनरुवा नगरपालिकाले नाला निर्माणसंगै बाटो समेत मर्मत सम्भार गरेपछि स्थानीयवासी खुसी भएका छन् ।

इनरुवा नगरपालिकाले चालु आर्थिक बर्षमा इनरुवा १ स्थित इनरुवा इङ्गलिस बोर्डिङ्ग स्कुल देखि पश्चिम जानेबाटोमा दुवै तर्फ नाला निर्माण गर्नुका साथै बाटोलाई समेत मर्मत सम्भार गरेपछि स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज भएको छ ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता, इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेल र वडा सदस्य प्रदिप ढकाल लगायतको सहयोगमा नाला निर्माणको कार्य गर्नुका साथै बाटोमा मर्मत सम्भार गरेपछि तत्कालका लागि राहत भएको स्थानीयवासीको भनाई रहेको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षमा टेण्डर मार्फत विबस कन्ट्रक्सन इनरुवा ५ बलाहासंग ८ लाख ९० हजार ८५८ रुपैयाँ ८९ पैशामा सम्झौता गरेर नाला निर्माण गर्नुका साथै सडक मर्मत सम्भारको कार्य गरेको इनरुवा नगरपालिकाका इन्जीनियर उमेश्वर मेहताले जानकारी दिनुभयो ।

नाला र सडक मर्मतको कार्य भएपछि स्थानीयलाई आवतजावत गर्नका लागि सहजता हुनुका साथै घरको पानी निकासाका लागि समेत सहुलियत भएको स्थानीयवासीको भनाई रहेको छ । इनरुवा नगरक्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने क्रममा इनरुवा १ स्थित इनरुवा इङ्गलिस बोर्डिङ्ग स्कुल देखि पश्चिम जानेबाटोमा दुवै तर्फ नाला निर्माण गर्नुका साथै सडक मर्मत सम्भावरको कार्य गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

पछिल्लो समय इनरुवा नगरपालिकाले विकास निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको इनरुवा नगरपालिकाकी उपप्रमुख बिनिता मेहताले बताउनुभयो ।

नगर क्षेत्र भित्रमा नागरिकले नाला, सडक लगायतका कारणले भोग्दै आएको समस्यालाई न्युनिकरण गर्ने उदेश्यका साथ विकास निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य भइरहेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीको भनाई रहेको छ ।

Tags: इनरुवा नगरपालिका
Previous Post

गुद्री बजारमा ट्रष्ट निर्माण भएपछि उपभोक्ता र व्यपारीलाई राहत

Next Post

सुनसरीको दशगजा क्षेत्र मिचेर भारतीयको खेती, एसएसबीको पोष्ट

Next Post
सुनसरीको दशगजा क्षेत्र मिचेर भारतीयको खेती, एसएसबीको पोष्ट

सुनसरीको दशगजा क्षेत्र मिचेर भारतीयको खेती, एसएसबीको पोष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist