भुलसुधर गरि सच्याइएकाे समाचार : https://oursunsari.com/blog/local-news/4560/
इनरुवा । सुनसरीकाे देवानगञ्ज गाउँपालिका–१ बाट ३ सय ५० केजी गाँजा सहित भारती स्कारपियाे प्रहरीले बरामद गरेको छ ।
बिहीबार विहान ३ बजे भारत तर्फ जाँदै गरेकाे भारतीय HR. 70E.9502 नम्बर प्लेटकाे स्कारपियाे सहित प्रहरीले ३ सय ५० केजी गाँजा बरामद गरेको हाे ।
गाँजा ओसारपसारका लागि प्रयोग गरिएको स्कारपियो चिमडी क्षेत्रबाट तीव्र गतिमा भाग्ने क्रममा चिमडी स्कुल अगाडि रहेको प्रहरी ब्यारेकमा ठोक्किएर अनियन्त्रित हुन पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बिशेष श्राेतले दिएकाे जानकारी असुनार उक्त स्कारपियाेमाथी शंका लागेपछि इलाका प्रहरी कार्यालय चसमडीले गाडीलाई पछ्याउँदा करिब ३ किलोमिटर पर नियन्त्रणमा लिएको थियो। गाडी खाल्डोमा पुगेपछि गाँजा तस्करहरू भाग्न सफल भएका थिए। अनुसन्धानका क्रममा प्रहरीले एउटा बजाजको टु–ट्वाइन्टी मोटरसाइकल पनि बरामद गरेको छ, जसलाई स्काउटिङका लागि प्रयोग गरिँदै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले कमल जानकारी दिए।
इलाका प्रहरी कार्यालय देवानगञ्ज, इलाका प्रहरी कार्कायालय हरिनगर , इलाका प्रहरी कार्यालय चिमडी, इलाका प्रहरी कार्यालय घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले सफलतापूर्वक गाँजा बरामद गरेकाे थियाे ।
यश विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।