ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विजय कुमार गच्छदार द्धारा छठको अवसरमा शुभकामना

गणेश कुमार यादव by गणेश कुमार यादव
October 30, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
विजय कुमार गच्छदार द्धारा छठको अवसरमा शुभकामना
91
SHARES
Share on FacebookShare on Twitter

अशिष कुमार यादव ।

कार्तिक १३ गते । सुनसरीको सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.३ का उम्मेदवार रहनुभएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनुभएका विजय कुमार गच्छदारले छठको अवसरमा शुभकामना दिनुभएको छ ।

गच्छदारले जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तरगत बुढि खोला दुहवी छठ घाट, सिमरिया, खनार, गढी, बर्जु ,सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा सहितको घाटमा पुगेर स्थानीयलाइ छठ पर्वको अवसरमा सुख,शान्ति र समृद्धि सहित शुभकामना दिनुभएको हो ।

आइतवार घाटघाटमा पुग्नु भएका नेपाली काग्रेसका नेता गच्छदारले जिल्लाबासी तथा क्षेत्रबासीको चार दशकदेखीको साथ सहयोग निरन्तर पाउने आशिर्वाद लिनुहुदै निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार भएकाले विजयी गराउने विस्वास व्यक्त गर्दै छठको शुभकामना दिनुभएको छ ।

वर्तीहरुले नेपाली काग्रेसका नेता मात्र नभइ देशको धरोहर, बिकाश प्रेमी, थारु सहित मधेसीको सान समेत रहनुभएका गच्छदारले जिल्लाको मात्र नभइ देशको योद्दा समेत रहेकोले मतदान गर्ने बचन दिएका छन् ।

उता गच्छदारले छठ पर्वले सामाजिक सदभाव अगाडी बढ्दै छुवाछुत बिभेदहरुको अन्तय गर्ने बताउनुभएको छ । सुनसरी क्षेत्र नम्बर घ का उम्मेदवार गच्छदातले पर्वबाट भाईचारा,मित्रता, सदभाव कायम हुने भएकोले यसबाट सबैले एकता कायमगरी बिकासमा लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भएको छ ।

सामाजिक बिकासकालागी उधेश्य बोकेको पर्व अगाडी बढ्दै छुवाछुत, जातपात भन्ने बिभेदहरुको अन्तय गर्दै मनाईरहेकोले सदभाव बढेको बताउनुभयो ।

छठ पर्व साझा पर्वको रुपमा बिकास हुदै बर्गिय बिभेदको अन्तय गर्न महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । आर्थिक रुपले बलिया, कमजोर सबै ब्यक्ति,जातजातिहरुका समुदाय एकै ठाउ जलासयमा आएर पर्व मनाउनु साझा पर्वको रुपमा बिकास र बर्गिय बिभेदको अन्तय भएको बताउनुभएको हो । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व शुरू गर्ने चलन छ ।

यसपालि तिथिको घटबढले शुक्रबार तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले यहाँ मिथिलाको लोकपर्व छठ शुक्रबारबाट शुरू भएको हो । निरामिष (सात्विक) भोजन शुरू गरेर व्रत विधि शुरू हुने परम्परा छ ।

पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।

व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकोमा सोमबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।
You sent

Previous Post

देशको विकास र संविधानको रक्षा गर्न उम्मेदबारी ः गच्छदार

Next Post

छठ हेर्न आएका किशोरको हत्यामा समलग्न ७ जना पक्राउ

Next Post
छठ हेर्न आएका किशोरको हत्यामा समलग्न ७ जना पक्राउ

छठ हेर्न आएका किशोरको हत्यामा समलग्न ७ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist