अशिष कुमार यादव ।
कार्तिक १३ गते । सुनसरीको सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.३ का उम्मेदवार रहनुभएका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहनुभएका विजय कुमार गच्छदारले छठको अवसरमा शुभकामना दिनुभएको छ ।
गच्छदारले जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तरगत बुढि खोला दुहवी छठ घाट, सिमरिया, खनार, गढी, बर्जु ,सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा सहितको घाटमा पुगेर स्थानीयलाइ छठ पर्वको अवसरमा सुख,शान्ति र समृद्धि सहित शुभकामना दिनुभएको हो ।
आइतवार घाटघाटमा पुग्नु भएका नेपाली काग्रेसका नेता गच्छदारले जिल्लाबासी तथा क्षेत्रबासीको चार दशकदेखीको साथ सहयोग निरन्तर पाउने आशिर्वाद लिनुहुदै निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार भएकाले विजयी गराउने विस्वास व्यक्त गर्दै छठको शुभकामना दिनुभएको छ ।
वर्तीहरुले नेपाली काग्रेसका नेता मात्र नभइ देशको धरोहर, बिकाश प्रेमी, थारु सहित मधेसीको सान समेत रहनुभएका गच्छदारले जिल्लाको मात्र नभइ देशको योद्दा समेत रहेकोले मतदान गर्ने बचन दिएका छन् ।
उता गच्छदारले छठ पर्वले सामाजिक सदभाव अगाडी बढ्दै छुवाछुत बिभेदहरुको अन्तय गर्ने बताउनुभएको छ । सुनसरी क्षेत्र नम्बर घ का उम्मेदवार गच्छदातले पर्वबाट भाईचारा,मित्रता, सदभाव कायम हुने भएकोले यसबाट सबैले एकता कायमगरी बिकासमा लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भएको छ ।
सामाजिक बिकासकालागी उधेश्य बोकेको पर्व अगाडी बढ्दै छुवाछुत, जातपात भन्ने बिभेदहरुको अन्तय गर्दै मनाईरहेकोले सदभाव बढेको बताउनुभयो ।
छठ पर्व साझा पर्वको रुपमा बिकास हुदै बर्गिय बिभेदको अन्तय गर्न महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । आर्थिक रुपले बलिया, कमजोर सबै ब्यक्ति,जातजातिहरुका समुदाय एकै ठाउ जलासयमा आएर पर्व मनाउनु साझा पर्वको रुपमा बिकास र बर्गिय बिभेदको अन्तय भएको बताउनुभएको हो । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व शुरू गर्ने चलन छ ।
यसपालि तिथिको घटबढले शुक्रबार तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले यहाँ मिथिलाको लोकपर्व छठ शुक्रबारबाट शुरू भएको हो । निरामिष (सात्विक) भोजन शुरू गरेर व्रत विधि शुरू हुने परम्परा छ ।
पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।
यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएकोमा सोमबार विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।
You sent