मंसिर१५ गते,इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं-४ बाट प्रतिनिधि सभा सदस्यमा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजय भएका छन् ।
नेकपा एमाले नेता जगदीश प्रसाद कुसियैतलाई ११२ मतले हराउँदै मन्त्री कारी विजय भएका हुन्।
मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका थिए भने एमालेका नेता कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की २०७४ सालको निर्वाचनमा पनि सुनसरी क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका नेता रमेश श्रेष्ठलाई ६५९७ मतले हराउँदै विजयी भएकाथिए । मन्त्री कार्कीले ३२३४७ मत पाउँदा श्रेष्ठले २५७५० मत पाउएका थिए ।
मन्त्री कार्कीले मतदाताहरुलाई धन्यवाद दिंदै भने “आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामको आधारमा पुनह मलाई यश क्षेत्रबाट यहाँका मतदाताहरुले आफ्नो अमुल्य मत दिएर विजय गराएकाे हाे ।,‘मैले धेरै काम गरेको छु र धेरै कामहरु बाँकी रहेकाे छ ती सबै बाँकी रहेका काम अब क्रमस हुन्छ’ मन्त्री कार्कीले भने ।
त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नं-४ (क) मा प्रदेशसभामा सदानन्द मंडल र सुनसरी निर्वाचन क्षेत्र नं-४(ख)बाट प्रदेशसभा सदस्य पदमा हाजी इस्राइल मन्सुरी विजय भएका छन्।
सुनसरीमा जम्मा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ती मध्य सुनसरी निर्वाचन क्षेत्र नं-४ मा नेपाली कांग्रेसकाे प्यानलनै विजय प्राप्त गर्न सफल भएकाे छ ।
सुनसरी निर्वाचन क्षेत्र नं-४ बाट निर्वाचन जित्नेहरू सबै सत्तामा पुगेका छन् । स्व. गिरिजाप्रसाद कोइराला ०४८, ०५१ र ०५६ साल गरी तीनपटक यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।