ADVERTISEMENT
Thursday, April 23, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा महिला स्वास्थ्य स्वयमसेविका दिवश मनाइयो

गणेश कुमार यादव by गणेश कुमार यादव
December 5, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
इनरुवामा महिला स्वास्थ्य स्वयमसेविका दिवश मनाइयो
53
SHARES
Share on FacebookShare on Twitter

मङ्सिर १९ गते,इनरुवा । सुनसरीमा विभिन्न कार्यक्रमको आयोजना गरि महिला स्वास्थ्य स्वयमसेविका दिवश मनाइएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरुमा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवशको अवसरमा विभिन्न कार्यक्रम गरिएको हो । जिल्लाभरी अन्तरकृया, छलफल र र्याली सहित स्वयमसेविका दिवश मनाएको छ ।
उता महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्यवद्धता भन्ने नारा सहित इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख अतिथ्यतामा १९ औ स्वयमसेविका दिवश मनाइएको हो । नगरपालिकाका बिभिन्न वडाहरुमा महिला सामुदायिक स्वास्थ स्वयंसेविकाहरुसँग महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको जनाएको छ । कार्यक्रममा नगर प्रमुख केदार भण्डारीले महिला स्वास्थ्य स्व्यमसेविकाहरुको योगदानको प्रसंशा गर्दै आउने दिनमा महिला स्वास्थ्य स्व्यमसेविकाहरुलाई प्रोत्साहन गर्न बिभिन्न योजनाहरु ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । इनरुवा नगरपालिका भरीका ९८ जना महिला स्वास्थ्य स्व्यम सेविका रहेका छन । उनीहरुले महिला तथा बालबालिकाको जनस्वास्थ्यका सवालमा राष्ट्रियले तोकेका कार्यहरु गर्दै आएका छन् । कार्यक्रममा इनरुवा नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख निखिल पोखरेलले नगरका प्रमुख केदार भण्डारी लगायतले महिला स्वास्थ्य स्व्यमसेविकाको योगदानको चर्चा गर्नुभयो । कार्यक्रम इनरुवाका पुरानो स्वास्थ्य चौकी भएका वडाहरु वडा नं.४ ,६ ,७ ,९ ,१० तथा हालको वडा ८ मा दिवशको कार्यक्रम सम्पन्न भएको छ । यसैबीच महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्यवद्धता नारा सहित दिवस मनाइएको प्राथमिक स्वास्थ्य केन्द्र सतैरझोराकी विनिका मेहताले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय स्तरमा स्वयंसेवकको रुपमा काम गर्ने व्यक्तित्वको उच्च सम्मानस्वरुप हरेक वर्ष डिसेम्बर ५ तारिखका दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । तर नेपालमा भने महिला स्वास्थ्य सेविकालाई नै स्वयंसेवकका रुपमा उच्च सम्मान गर्दै डिसेम्बर ५ तारिखमा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइन्छ ।
नेपालमा आर्थिक वर्ष २०४५÷४६ देखि तराईका २७ जिल्लामा र क्रमैसँग सबै जिल्लामा स्वास्थ्य सेवक कार्यक्रमको थालनी भएको थियो ।
सुरुमा हरेक वडाका १ जना सेविकाका दरले परिचालित हुने गरी सुरु भएको महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय वडाबाटै छनोट गरी १५ दिनको आधारभूत तालिम प्रदान गरी महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रममा परिचालित गरिएको छ ।

Tags: महिला स्वास्थ्य स्वयमसेविका दिवश
Previous Post

कुष्टरोग बारेमा जनचेतनाको आवश्यक

Next Post

समानुपातिक सांसद छनोटप्रति खबरदारी

Next Post
समानुपातिक सांसद छनोटप्रति खबरदारी

समानुपातिक सांसद छनोटप्रति खबरदारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1615 shares
    Share 646 Tweet 404
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist