Friday, May 16, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कुष्टरोग बारेमा जनचेतनाको आवश्यक

गणेश कुमार यादव by गणेश कुमार यादव
December 5, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
कुष्टरोग बारेमा जनचेतनाको आवश्यक
38
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव
मङ्सिर १९ गते,इनरुवा । सुनसरीको रामधुनीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले उपेक्षित ट्रपिकल रोगहरुको बारेमा सचेतना आवश्यक रहेको बताएका छन् । फारमेडको सहयोगमा सेभ द अर्थ सुनसरीले सञ्चालन गरेको विश्वास परियोजना कार्यक्रम अन्तरगत आईतबार गरेको मेडिया सेयरिगं कार्यक्रमका विभिन्न दश रोगहरु उपेक्षामा परेको भन्दै त्यसमा ध्यान दिदै ती रोगहरुको बारेमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका हुन् । कार्यक्रममा सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले आफूहरुले आयोजना गरेको मेडिया सेयरिगं कार्यक्रमका पत्रकार सहित सारोकारबालाहरुलाई देशको उपेक्षित ट्रपिकल रोगहरुको बारेमा जानकारी दिने र त्यसका लागि भईरहेको पहल र थप गर्नुपर्ने पहल प्रयासका बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । भट्टराईले अहिले सीमावर्ती ग्रामिण तथा सीमातकृत समुदायमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले आफूहरुले जिल्लाको दुहवी र इनरुवा नगरपालिका सहित आठ स्थानीय तहमा सेभ द अर्थ सुनसरीको आयोजनामा विश्वास परियोजना मार्फत उपेक्षित ट्रपिकल रोगहरुको बारेमा ग्रामिण तथा सीमातकृत समुदायमा सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा दिएको जानकारी अनुसार एनटीडी एण्ड एमएनएच सहितका कार्यक्रमहरु विश्वास परियोजनामा समावेश गरिएको छ । उपेक्षित ट्रपिकल रोगहरुलाई कसरी मिडियामैत्री बनाएर ल्याउने र त्यसको बारेमा प्रत्येक नागरिक सहित ग्रामिण तथा सीमातकृत समुदायमा सचेतना फैलाउने त्यसबारेमा गहन छलफल गरेको कार्यक्रम अधिकृत मनिष सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार सहासंघका सुनसरी उपाध्यक्ष उषाकिरण घिमिरेले मिडियामा पत्रकारहरुले पहिला पनि गर्दै आएको मिडिया एडभोकेसी निरन्तर रुपमा गर्ने बताउनुभयो । त्यसका सरोकारबाला बीचमा समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्काले मेडियाले आबाज विहिनको आबाज बोल्ने गरेको र यसप्रकारको उपेक्षित ट्रपिकल रोगहरुको बारेमा समेत थप सूचना र समाचार प्रवाहमा प्रतिवद्ध रहेको बताउनुभयो । ग्रामिण तथा सीमातकृत समुदायमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेकोमा खड्काको पनि जोड थियो । फेयरमेड गरिबको समस्यासंग नजिक भएर काम गर्ने, उपेक्षित ट्रपिकल रोगहरुको बारेमा ग्रामिण तथा सीमातकृत समुदायमा सचेतना फैलाउने काम गर्दै आएको समेत बताएका हुन् । उपेक्षित उष्ण प्रदेशिय रोगहरु विश्वको १४९ देशमा रहेको र त्यसका बारेमा सबै गरिब, विभिन्न एवम् ग्रामिण तथा सीमातकृत समुदायमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको जानकारी दिएको थियो ।
यसअन्तरगत पर्ने रोगहरुमा कुष्टरोग, हात्तिपाईले, जुका, डेगुं, रेविज, सर्पदंश, लुतो, कालाजार,फिते जुका र खस्रे पर्ने गरेको सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा दिएको जानकारी अनुसार भित्रभित्रै कुष्टरोगीको संख्या दिन प्रतिदिन बढदै गएको छ । यस वर्ष मात्रै नयाँ चार जना कुष्ठरोगी भेटिएको छ ।

Previous Post

संकाशपद व्यक्तीले घरमै पसेकाले आफू असुरक्षित भएको

Next Post

इनरुवामा महिला स्वास्थ्य स्वयमसेविका दिवश मनाइयो

Next Post
इनरुवामा महिला स्वास्थ्य स्वयमसेविका दिवश मनाइयो

इनरुवामा महिला स्वास्थ्य स्वयमसेविका दिवश मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2783 shares
    Share 1113 Tweet 696
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1517 shares
    Share 607 Tweet 379
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1376 shares
    Share 550 Tweet 344
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1366 shares
    Share 546 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    821 shares
    Share 328 Tweet 205
ADVERTISEMENT

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता :सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist