गनेश कुमार यादव
पुस १६ गते, इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव काइरालाले जस्ले याे व्यवस्थाकै विराेध गर्थ्ये तिनै घण्टी अहिले नेपाली टाेपी लगाएर काठमाडौंमा गृहमन्त्री भएर घुमिरहेकाे छ भनेर बताउनु भएकाे छ ।
शनिबार ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे अवरसमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले आयाेजना गरेकाे बिचार गाेष्ठी कार्यक्रमलाई सम्बाेधन गर्दै नेता काेइरालाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता काेइराले कार्यक्रमलाई सम्बाेधन गर्दै “त्याे व्यक्तिहरु जस्ले याे व्यवस्थाकै विराेध गर्थें,याे व्यवस्थाकाे विरुद्धमा जति विषबाेमन गरे रवि लामेछाने लगायतकाहरुले घण्टी छापले तिनै घण्टी अहिले नेपाली टाेपी लगाएर काठमाडौंमा घुमिरहेकाे छ।” भनेर बताउनु भयाे ।
उनले भन्नू भयाे” जनतालाई घण्टी डाेलाएर सबैभन्दा पहिले हतार हतार तिनै प्रचण्ड,केपी ओलीकाे विराेध गर्ने इनिहरुलाई नहराई नछाड्दिन भनेर किरिया खाने मान्छे उचाल्ने र अहिले गएर पदकाे कति आवस्यकता रहेछ?,बरु राप्रपा गएन सरकारमा सिके राउत गएनन् सरकारमा ।, तर उनी हतार हतार सबैभन्दा पहिला गृहमन्त्रालय गए किन भन्दा काम गर्न हरे!, सबैभन्दा बढी काम गर्ने मन्त्रालय भएकाेले कामगर्न गएका हरे।”भन्नूभयाे।
अर्काे प्रसंगमा नेता काेइरालाले भने” देशमा एउटा घृणात्मक वातावरण जुन फैलाईरहेकाेछ राजनीतिक दलहरुले कुनैपनी राजनीतिक दल खाेल्दाखेरी फल्नालाई हराउँछु हराउँछु भनेर खुल्छ कि देशकाे विकाश गर्छु,समृद्धि ल्याउँछु,समादवाद ल्याउँछु भनेर पार्टी खुल्छ? भनेर प्रश्न गर्नु भयाे ।
त्यसैगरी नेपाली कांग्रेसकि नेत्री फरिदा खातुन(माैना)ले कांग्रेसमा जब सम्म गुट उप गुटकाे अन्त्यगरि एउटा कांग्रेस भयाैं भने चै पार्टीमा कुनैपनी द्वन्द नहुनेमा आफू विस्वसत भएकाे बताइन् । उनले पार्टीका नेताहरुराई गुट उपगुट अन्त्य गर्न आग्रह समेत गरिन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीका उपसभापति पंकज महताे, वर्जु गाउँपालिकाका निवर्तमान अध्यक्ष रघुन्नद चाैधरी,गढी गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रिप्रसाद यादव,देवानगंज गाउँपालिकाका निवर्तमान अध्यक्ष लाली प्रसाद मेहता,फरिदा खातुन(माैना) मणिराज दुलाल,इनरुवा नगरपालिका वडा नं-५ का वडा अध्यक्ष अनिल कुमार पाेखरेल लगायत जिल्ला भरिका नेता कार्यकर्ताको उपस्थिति रहेकाे थियाे ।
नेपाली कांग्रेस जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र शाहले जानकारी दिनुभयाे ।