इनरुवा। नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले “जनताको साथमा काँग्रेस अभियान” चलाउने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीले भदौ–१० गते शुक्रबारदेखी भदौ २४ गते सम्म “जनताको साथमा काँग्रेस अभियान” चलाउने भएको हो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यतामा जनताको साथमा काँग्रेस अभियानको भोलि उदघाटन हुने नेपाली काङ्ग्रेस सुनसरीका सचीव विरेन्द्र साहले जानकारी दिएको छ । त्यसैगरि १६ गते प्रदिप गिरीको देहावसानमा शोक सभा जिल्लामा गर्ने पार्टी सचिव शाहले जानकारी दिए । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरी इनरुवामा बिहीबार बसेको बैठकले नेपाली काँग्रेसको प्रदेशका पदाधिकारी एवम् सदस्य,टोल तह देखि जिल्ला तह सम्मको सम्पुर्ण सभापति तथा पदाधिकाारीहरु,क्रियाशिल सदस्य एवम् साधारण सदस्यहरु,भातृ संस्था तथा शुभेच्छुक संस्थाका सभापति तथा पदाधिकारी लगायत लोकतन्त्रप्रति आस्था राख्ने सम्पुर्णलाई सहभागिताको लागि अनुरोध गरिएको छ । उक्त कार्यक्रम भदौ १० गते शुक्रबार बिहान ११ः ३० बजे कार्यक्रमको उदघाटन गर्ने सुनसरी काङ्ग्रेसले जनाएको छ । उद्घाटन पश्चात भदौ १७ गतेदेखि नगरपालिका र वडामा जिल्ला प्रतिनिधि तथा पदाधिकारीहरुको सहभागितामा अन्तरक्रिया तथा जनताको कुरा सुन्नका लागि घर-घर जाने कार्यक्रम घोषणा गरेको छ । नेपाली काङ्ग्रेसले मुलुकभर एकसाथ जिल्लाहरुमा प्रतिनिधि खटाउनुका साथै एकसाथ भोलि कार्यक्रमको उदघाटन गर्दैछ ।