ADVERTISEMENT
Friday, May 1, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सोधपुछको क्रममा प्रहरीबाट श्रमिकमाथि कुटपिट आरोप

गणेश कुमार यादव by गणेश कुमार यादव
July 19, 2025
in मुख्य समाचार
0
सोधपुछको क्रममा प्रहरीबाट श्रमिकमाथि कुटपिट आरोप
47
SHARES
Share on FacebookShare on Twitter

विराटनगर, साउन ३ गते। कोशी प्रदेशको विराटनगरस्थित प्रहरी कार्यालयमा सोधपुछका क्रममा तीन जना मजदुरमाथि प्रहरीद्वारा कुटपिट गरिएको आरोप लागेको छ। पीडित पक्षका अनुसार सादा पोसाकमा खटिएका प्रहरी हवल्दार (दावा शेर्पा)ले पाइप र बुट प्रयोग गरेर कुटपिट गरेका हुन्।

नेपाल विद्युत् प्राधिकरण, कोशी प्रदेशले पछिल्लो समय बढ्दै गएका ट्रान्सफर्मर चोरीका घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष टोली खटाएर अनुसन्धान सुरु गरेको थियो। यही क्रममा बुढीगंगा गाउँपालिका–४ का ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमजान मियालाई बिहीबार इलाका प्रहरी कार्यालय रानीमा बोलाइएको थियो।

तीनै जना ‘जनसेद मिया मल्टिपर्पोज प्रालि’ नामक कम्पनीमा कार्यरत श्रमिक भएको जनाइएको छ। कम्पनीका सञ्चालक जनसेद मियाका अनुसार प्रहरीले सोधपुछका लागि १० जनालाई बोलाए पनि अन्य ७ जनालाई सामान्य प्रश्नपछि छोडिएको थियो, भने तीन जनालाई भने छुट्टाछुट्टै कोठामा लगेर कुटपिट गरिएको दाबी गरिएको छ।

पीडितहरू अनुसार प्रहरीहरू ‘ट्रान्सफर्मर कसले चोर्यो ?’ भन्दै बल प्रयोग गरेका थिए। कुटपिटपछि डरले चुपचाप घर फर्किएका उनीहरूमध्ये नासिर मियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई कोशी अस्पतालमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनको टाउको र कानमा आन्तरिक चोट लाग्न सक्ने सम्भावनामा सिटी स्क्यान गरिएको छ, तर रिपोर्ट आउन बाँकी छ। अन्य दुई जनाको अवस्था सामान्य रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले घटनाबारे प्रारम्भिक जानकारीमात्रै प्राप्त भएको बताउँदै भन्नुभयो, “वास्तविक तथ्य बुझ्न हामी प्रारम्भिक अनुसन्धानको चरणमा छौं। दुबै पक्षसँग कुराकानीपछि यथार्थ बाहिर आउनेछ।”

घटनाले प्रहरीप्रतिको विश्वास र मानव अधिकारको सवाल उठाएको भन्दै स्थानीय तहमा चासो बढेको देखिन्छ।

Previous Post

सीमा अपराध नियन्त्रणका लागि नेपाल भारत संयुक्त गस्ती सुरु

Next Post

प्रहरी कर्मचारी हुँ भनी ठगी गर्ने पवन मेहता प्रहरीको नियन्त्रणमा 

Next Post
प्रहरी कर्मचारी हुँ भनी ठगी गर्ने पवन मेहता प्रहरीको नियन्त्रणमा 

प्रहरी कर्मचारी हुँ भनी ठगी गर्ने पवन मेहता प्रहरीको नियन्त्रणमा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1681 shares
    Share 672 Tweet 420
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist