फागुन ७ गते,इनरुवा । सुनसरीको इनरुवामा दीप प्रज्वलन गरि ७३ औ प्रजातन्त्र दिवस मनाइएको छ ।
आइतबार इनरुवा-१ स्थित रहेकाे लाेकतान्त्रीक चाेकमा जेसिस इनरुवाले दीप प्रज्वलन गरि ७३ औ प्रजातन्त्र दिवस मनाएकाे हाे ।
२००७ साल फागुन ७ गते एकतन्त्रीय जहाँनिया राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा दीप प्रज्वलन गरी उक्त दिवस मनाएकाे जेसिस सत्यनारायण यादवले जानकारी दिनुभयाे ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
उक्त कार्यक्रममा जेसिस इनरुवाका पूर्व अध्यक्ष शिवनारायण यादव,चिनेश्वर मेहता,पुष्पा खरेल निराैला,जेसीस इनरुवाका कार्यकारी उपाध्यक्ष संजय मेहता,महासचिवमा बिकेश मेहता,कानुनी सल्लाहकार साकार पाेखरेल, कोषाध्यक्ष सत्यनारायण यादव,शिवकुमार यादव लगायतकाे उपस्थित रहेकाे थियाे ।