गनेश कुमार यादव
फागुन ९ गते,इनरुवा । जेसिस इनरुवामा खेमराज थापा निर्वाचित भएपछि उदाहरणीय कार्यहरु गरिरहेका छन् ।
थापा निर्वाचित भएपछि जेसिस इनरुवाले विभिन्न क्षेत्रमा प्रसंसनिय तथा उदाहरणीय कार्य गरिरकाे छ ।
थापाकाे नेतृत्वमा हाल इनरुवा उत्सव तथा चलचित्र महाेसवमा नि:शुल्क सेनेटरी प्याट वितरण भैरहेकाे छ । त्येति मात्र नभइ इनरुवामा आयाेजना भएकाे सामाजिक कार्यहरुमा पनि थापा सहित निर्वाचित भएका अन्य पदाधिकारीहरु लागि परेका छन् । दीप प्रज्वलन गरि त कहिले नि: शुल्क सेनेटरी प्याड वितरण, नि:शुल्क पानी बितरण लगायतकाे प्रसंसनिय कार्य गरि जेसिस इनरुवा अहिले चर्चामा आइरहेकाे छ ।
प्रथम इनरुवा उत्सव तथा चलचित्र महाेत्सवकाे अवसरमा मंगलबार बृहत् रक्तदान कार्यक्रम गरि जेसिस इनरुवा थप चर्चामा आएकाे छ ।
जेसिस इनरुवाकाे आयाेजनामा इनरुवा-३ स्थित प्रथम इनरुवा उत्सव तथा चलचित्र महाेत्सवमा ४० पिन्ट रगत संकलनगरेकाे जेसिस इनरुवाका कोषाध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयाे ।
उक्त रक्तदानमा इनरुवा नगर क्षेत्र भित्रका व्यापारी,युवा,बुद्धिजीवी हरुले रक्तदान गरेका थिए ।
कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइरालाले वर्तमा अध्यक्ष नेतृत्वको टिमले महाेत्सवमा नि:शुल्क सेनेटरी प्याड तथा पानिकाे बेवास्ता गरेकाेमा धन्यवाद दिए । उनले महाेत्सवमा आएका किसाेरीहरुलाई कुन बेला महिनावारीका समस्या आइपर्ने थाहा हुँदैन त्यस्लाई मध्य नजर गरि जेसिस इनरुवाले महाेत्सवमा नि:शुल्क प्याट बितरण गरेकाेले एसबाट धेरैले लाभ लिने विस्वास व्यक्त गरे ।
आगामी दिनहरुमा पनि जेसिस इनरुवालाई समाजमा सकारात्मक, प्रसंसनिय तथा उदाहरणीय कार्य गर्न नेता काेइरालाले आग्रह गरे। नेता काेइरालाले रक्तदान गर्ने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरे ।
उक्त रक्तदानमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइराला, विशिष्ट अथिती जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहत, उद्योग वाणिाज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह,प्रितम अटल,शिवकुमार यादव,अरबिन केसी लगायतकाे उपस्थिति रहेकाे थियाे भने जेसिस इनरुवाका अध्यक्ष खेमराज थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।