Wednesday, November 12, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

संकाशपद व्यक्तीले घरमै पसेकाले आफू असुरक्षित भएको

गणेश कुमार यादव by गणेश कुमार यादव
December 4, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
संकाशपद व्यक्तीले घरमै पसेकाले आफू असुरक्षित भएको
132
SHARES
Share on FacebookShare on Twitter
ADVERTISEMENT

मंसिर १८ गते,इनरुवा ।सुनसरी सदरमुकाम इनरुवा नगरपालिका १ निवासी बिजेन्द्र कुमार साह (बिजय सोनी)लाई अपरिचित समूहले केही दिनदेखी निगरानीमा राखेको मंसिर १६ गते शुक्रवार साँझ संकाशपद व्यक्तीले घरमै पसेकाले आफू असुरक्षित भएको गुनासो गर्नुभएको छ । आईतबार इनरुवामा पत्रकार सम्मेलन गर्दै सोनीले आफ्नै घरभित्र शंकास्पद विदेशी नागरिक (आतंकवादी समूह) को आक्रमण गर्ने योजनाबाट बाँच्न सफल भएको तर असुरक्षित रहेको भन्दै जिउधनको सुरक्षाको माग गर्नुभएको छ । आफूले असुरक्षित भएको र आतंबादी समूहका छ जना मध्ये एक जान पक्राउ परेकाले उनीबाट सबै सूचना दिएर आपराधीहरुलाई छिटोभन्दा छिटो पक्राउ गरि कार्वाही गर्नुपर्ने मामग गर्नुभएको छ ।
सोनीले पत्रकार सम्मेलनमा दिनुभएको जनाकारी अनुसार प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र मार्फत् घटनाको सार्वजनिक गर्न गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बुझाएको ज्ञापन पत्रमा भनिएको छ , “म इनरुवा १ निवासी बिजेन्द्र कुमार साह (बिजय सोनी) मिति २०७९ मंसिर १६ गते शुक्रवार साँझमा आफ्नै घरभित्र शंकास्पद विदेशी नागरिक (आतंकवादी समूह) को आक्रमण गर्ने योजनाबाट बाँच्न सफल भएको व्यहोरा यस ज्ञापनपत्र मार्फत् सार्वजनिक गर्न चाहन्छु । ”
उक्त ज्ञापन पत्रमा सोनीले उल्लेख गर्दै भन्नुभएको छ “आफ्नो घरमा शुक्रवार साँझ ५ः३० बजेको समयमा २ वटा मोटरसाईकलमा ४ जना व्यक्तिहरु घरको गेट अगाडि जम्मा भई घरको रेकी गरिरहेको अवस्थामा मेरो १६ बर्षको छोरा ती शंकास्पद व्यक्तिहरुलाई देखेपछि ती व्यक्तिहरु त्यहाँबाट हिडेको थियो र हामी सपरिवार भतिजीको बर्थडे पार्टीमा गएका थियौ र त्यहाँबाट घर फर्किदा राती अन्दाजी ८ः०० बजेको समयमा गेटको ताल्चा तोडफोड गरी घरको सबै ढोकाहरु खुलेको अवस्थामा देखियो र हामीले पुलिसलाई खबर गर्यौ । सोही समूह पुनः राती १२ः०० बजेतिर ३ वटा मोटरसाईकल र ३ जना हिड्दै गेटसम्म आउन खोज्दा हामी घरबाहिर निस्कन खोज्दा भागेको थियो र पुनः प्रहरीलाई खबर गर्यौ । त्यसपछि छरछिमेकी र प्रहरी समेत मिलेर ती शंकास्पद व्यक्तिहरुलाई छेउछाउमा खोजतलास गर्दा ती व्यक्तिहरु भागिसकेको थियो । लगत्तै ती व्यक्तिहरु उत्तर तर्फ राप्रपाका नेता हसबुल मन्सुरीको घरभित्र प्रवेश गरी निज हसबुलका छोरासँग विवाद गरी हातपात गरी टोल छरमिकेकहरुसँगको झडपको क्रममा ती विदेशी व्यक्ति घाईते भएका थिए र ती व्यक्तिलाई प्रहरीलाई बुझाइएको थियो ।
मेरो घरभित्र प्रवेश गर्न खोजेको बेलामा मैले खेदाएको एक जना व्यक्तिलाई मैले चिन्दछु जुन हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । ती शंकास्पद व्यक्तिहरु इनरुवामा केही व्यक्तिलाई हत्या गर्न योजना बनाएको भनी हाम्रो ठ्म्याई छ ।
म हिन्दु स्वयंसेवक संघ नेपाल, सुनसरी जिल्लाको सेवा प्रमुखको जिम्मेवारीमा रही हिन्दुत्व रक्षाको लागि विभिन्न कार्यक्रमहरुमा सक्रियता देखाएकोले मनोवल गिराउने हिसावले, हिन्दु धर्म प्रचार र संरक्षणको कामबाट पहि हट्न दवाव दिने, धार्मिक द्वन्द्व फैलाउने उद्देश्यबाट संचालित भएको हाम्रो ठहर छ । साथै विदेशी विभिन्न आतंकवादी संगठनसँग ती व्यक्तिहरुको साठगाँठ रहेको र त्यहाँबाट नै परिचालित रहेको हाम्रो बुझाई छ । तसर्थ प्रहरीको निगरानीमा रहेको ती शंकास्पद व्यक्तिलाई सार्वजनिक गरी सुनसरीभित्र लुकिछिपी रहेका अन्य शंकास्पद व्यक्तिहरुलाई समेत पक्राउ गरी नेपालको प्रचलित कानून बमोजिम कडाभन्दा कडा कारवाही गर्न र हिन्दु धर्म संस्कृति परम्पराको संरक्षण गर्न स्वच्छ मन भावनाले लागेका सम्पूर्ण हिन्दु स्वयंसेवक संघका सदस्यहरुलाई सुरक्षा प्रदान गरी धार्मिक द्वन्द्व फैलाउने कार्यलाई पूर्णरुपले रोक लगाउन जोडदाररुपमा माग गर्दछु ।
यस घटनाको सन्दर्भमा नेपाल सरकार गृह मन्त्रालय १ नं. प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका लगायतका सरोकारवाला निकायलाई गम्भिर तरिकाले लिइदिनु हुन ध्यानाकर्षण गराउन चाहन्छु ।
उपरोक्त घटनाको सत्य तथ्य २४ घण्टा भित्र जनसमक्ष सार्वजनिक भएन भने हामी राज्य प्रहरी प्रशासन विरुद्ध आन्दोलन गर्न बाध्य हुनेछु । ”
उता पत्रकार सम्मेलनमा आफूलाई ज्यानको जोखिम रहेकाले पूर्ण शान्ती सुरक्षा र दोषीलाई कार्वाहीका लागि पहल गरिदिन पत्रकार तथा मानवअधिकारकर्मीहरुमा अपिल समेत गर्नुभयो । सोनीले आफूहरुको शान्ती पूर्ण व्यवहारलाई केही तत्वले कम्जोरीका रुपमा लिएर अन्याय गर्द खोजेकोले राज्य प्रसशासनले यसमा ध्यान दिनुपर्ने माग गर्नुभयो ।

Previous Post

विश्व एड्स दिवसकाे अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post

कुष्टरोग बारेमा जनचेतनाको आवश्यक

Next Post
कुष्टरोग बारेमा जनचेतनाको आवश्यक

कुष्टरोग बारेमा जनचेतनाको आवश्यक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2799 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2222 shares
    Share 889 Tweet 556
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1527 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist