असार १४गते, इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहामा अवस्थित नवयुग एकेडेमीले यस वर्षको एसईई परीक्षामा ४.०० GPA ल्याएर सफलता हासिल गरेको छ।
नवयुग एकेडेमीका प्रज्ञान पोखरेल र सुदीश सुबेदीले शतप्रतिशत अंकसहित ४.०० GPA ल्याई विद्यालयलाई गौरवान्वित बनाएका छन्।
यसैगरी ३९ जना विद्यार्थीले A+ ग्रेड, १२ जनाले A ग्रेड र १ जनाले B+ ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेका छन्।
इनरुवाका निजी विद्यालयहरू मध्ये नवयुग एकेडेमीको यो नतिजा सबैका लागि प्रेरणादायी बनेको छ। विद्यालय परिवारले विद्यार्थी, शिक्षक, अभिभावकलाई बधाई दिंदै आगामी दिनमा अझ उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गरेको छ।



